काठमाडौं- सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि शीर्ष नेताहरुबीच छलफल अघि बढेको छ।
उपप्रधान तथा फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयाेजक डा बाबुराम भट्टराईबीच एकताका सम्बन्धमा छलफल अघि बढेकाे फोरमका निर्वाचन समितिका प्रमुख शिवजी यादवले जानकारी दिए।
नयाँ शक्तिका एक नेताका अनुसार आगामी बैसाख २३ गतेका लागि एकता घाेषणा हुनसक्ने बताए। बैसाख २१ मा दुवै दलकाे केन्द्रीय समिति बैठकमा एकता सम्बन्धी प्रस्ताव लैजाने र छलफलपछि पारित गरिने उनले बताए। साेपश्चात् एकताकाे लागि बाटाे खुल्नेछ।
तर, यादवका अनुसार पार्टी एकताका लागि प्रक्रिया अघि बढे पनि एकता कहिले घाेषणा हुन्छ भनेर मिति नतोकिएको बताए। उनले छलफल निकै अघि बढेकाे पनि जनाए।
यसअघि निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भएकाे थियाे। नेतृत्व कसले लिने भन्ने सम्बन्धमा एकमत नजुट्दा एकता हुन सकेकाे थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।