• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

चेक बाउन्स : ५ लाख ऋण दिएर ५० लाखको चेक लिनेसम्मका विकृति

५ हजार उजुरी, ९ सय फर्स्योट 
64x64
नारायण अधिकारी बिहीबार, वैशाख १९, २०७६  १६:५०
1140x725

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले केही दिनअघि ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाललाई पक्राउ गर्‍यो। कारण थियो चेक बाउन्स।

गौशालामा इडन गार्डेन स्कुल सञ्चालन गर्ने नेपालले स्कुल भवनको भाडा भनेर दिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएपछि घरबेटी नरेशकुमार न्यौपानेले प्रहरीमा उजुरी दिए। उनको उजुरीको आधारमा नेपाललाई वैशाख १० गते प्रहरीले पक्राउ गर्‍यो।

उनीमाथि चेक बाउन्सको आरोप लागेको छ। तर यो आरोप सत्य नभएको नेपालको दाबी छ। उनले भनेका छन्, ‘भाडाबापत ६ लाख दिएको तर पछि ६ लाख रुपैयाँ नगद नै दिएर चेक फिर्ता गर्न भनेको थिएँ। चेक आज बिर्सिएँ। भोलि ल्याउँछु भनेर पछि चेक बाउन्स गरेर उल्टै फसाइयो।’

उजुरी दिने व्यक्ति र पक्राउ परेका व्यक्तिका भनाइ फरक परेको छ। यस सम्बन्धमा प्रहरीले बैंकिङ कसुरमा अनुसन्धान सुरु गरिरहेको छ। यसरी चेक दिएका मान्छेले नै उल्टै फसाइयो भनेका घटनाहरु प्रहरीमा आउने गरेको यो एउटा उदाहरण मात्रै हो। 

प्रहरीले चेक बाउन्सको मुद्दा हेर्न थालेपछि यसको दुरुपयोगका घटना पनि बढ्दै गएका छन्। चेक बाउन्सको उजुरी प्रहरीले हेर्ने भएपछि अधिकांशले चेकमार्फत् कारोबार गरेका छन्। जुन स्वभाविक पनि हो। तर सँगैसँगै यसको दुरुपयोग पनि बढ्न थालेको परिसरका एक अधिकारी बताउँछन्।

‘बैंक तथा वित्तीय संस्थाले समेत चेक धितो सुरक्षणको रुपमा लिने गरेका छन्,’ परिसरका एक प्रहरी सुनाउँछन्, ‘जसकारण संस्थाले समेत चेकका आधारमा रकम लिनदिने गर्दै आएका छन्। ५ लाख ऋणका लागि सहकारी संस्थाले ५० लाखको चेक लिने र ऋणीले ऋण नतिरेमा ५० लाखको चेक बाउन्स गराई मुद्दा हालेको सम्म पाइयो।’

चेकका पैसा नडुब्ने भएकाले चेकमार्फत् हुने लेनदेन राम्रो हो। यो कानुनी प्रक्रिया पनि हो। तर यसको दुरुपयोग हुँदा पीडित स्वयम् नै जेल समेत जानुपर्ने अवस्था आउने गरेको प्रहरी अधिकारी बताउँछन्। व्यापारिक कारोबारमा पार्टनरहरुबीच सम्बन्ध राम्रो हुँदा खाली चेकमा सही गरी लिनेदिने गर्ने र सम्बन्ध बिग्रेपछि खाली चेकमा रकम भरी बाउन्स गरी मुद्दा गर्दा हुने गरेको प्रहरीले जनाएको छ। 

सरकारी वकिल मुरारी पौडेल चेक बाउन्स विकृति बन्न थालेको स्वीकार्छन्। ‘मिटर ब्याजलाई पनि चेक बाउन्सले बढवा दिएको छ। श्रीमानश्रीमतीबीच कुनै मिलापत्र हुँदा पनि चेकमै हुने, कुनै कारोबार हुँदा चेकमा हुने, जुवा खेलको पैसाको लेनदेन पनि चेकमा हुने, सहकारीबाट श्रण लिनेबेला ऋणीले पहिल्यै लिएको ऋणभन्दा बढी रकमको चेक काटेर दिनुपर्ने र कीर्ते हस्ताक्षर गरेर चेक बाउन्स गर्नेसम्मका विकृति बढेको हामीले पनि पाएका छौं,’ सरकारी वकिल पौडलले भने, 'यसको दुरुपयोग बढ्दो छ।'

Ncell 2
Ncell 2
nimb
nimb

चेक बाउन्स मुद्दामा अदालतले जति रकम चेकमा छ सोही बराबरको धरौटी माग्ने गरेको छ। अपराध गर्ने मनसाय थियो/थिएन, कुन परिस्थितिमा अपराध भएको हो? रकम लिनु थियो/थिएन भन्ने कुरा अदालतले नहेर्ने हुँदा पीडित समेत फस्न सक्ने अवस्था आएको वकिल र प्रहरी दुबैको भनाइ छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाका भने यो कुरालाई विकृति भन्दा पनि पीडितलाई राहत मिलेको बताउँछन्। उनी भन्छन्, ‘५ लाख ऋण लिएर ५० लाखको चेक दिन्छ भने त्यो लिनेदिने दुबैको गल्ती हो। ५ लाख ऋण लिएपछि ५० लाखको चेकमा किन हस्ताक्षर गर्नु पर्‍यो?’

महानगरीय प्रहरी परिसर काठमाडौंका अहिले १० हजारदेखि ५ करोडसम्मका चेक बाउन्सका मुद्दा परिसरमा आएका छन्। चेक बाउन्स मुद्दामा अदालतले जति रकम चेकमा छ, सोही बराबर धरौटी माग्ने गरेको छ। 

उजुरी साढे ५ हजार, फर्स्योट जम्मा ९ सय
काठमाडौं जिल्ला अन्तर्गतका प्रहरी कार्यालयहरु चेक बाउन्स मुद्दाले भरिभराउ छन्। काठमाडौंमा हालसम्मकै सर्वाधिक बढी चेक बाउन्सका उजुरी दर्ता भएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बैंकिङ कसुर अर्थात् चेक बाउन्समा २०७४ मा २ सय २२ मात्र उजुरी परेका थिए। यो संख्या चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बढेर ५ हजार ७ सय ९५ पुगेको छ। तर जम्मा ९ सय १० वटा चेक बाउन्सका मुद्दा मात्रै फर्छ्यौट भएको प्रहरीको तथ्याङ्क छ।

अहिलेको जनशक्ति र श्रोत साधनले चेक बाउन्स मुद्दा हेर्न निकै कठिन हुने गरेको प्रहरीको भनाइ छ। चेककै कारण ठुला मुद्दा समेत ओझेलमा पर्न थालेका छन्। जघन्य अपराधको अनुसन्धानमा लाग्नुपर्ने महानगरीय अपराध महाशाखासमेत चेक बाउन्सको मुद्दामा व्यस्त हुनुपर्ने अवस्था छ। 

जसकारण चेक बाउन्सको मुद्दा हेर्न छुट्टै जनशक्ति र अदालतको व्यवस्था हुनुपर्ने प्रहरीको बुझाइ छ। 

दोहोरो क्षेत्राधिकार
चेक बाउन्समा दोहोरो क्षेत्राधिकार छ। बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता गरी सरकारवादी फौजदारी मुद्दाको रुपमा कारबाही हुने व्यवस्था गरिएको छ। 

प्रहरी कार्यालयमा उजुरी गर्ने हदम्याद  बाउन्स भएको मितिले १ वर्ष रहने व्यवस्था छ। विनिमय अधिकार पत्र ऐन, २०३४ बमोजिम चेक बाउन्स भएको मितिले ५ वर्षभित्र सिधै सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सक्ने उल्लेख छ।

यसरी चेक बाउन्ससम्बन्धी उजुरी कति समयभित्र गर्न सकिन्छ भन्ने समेत अन्योल छ। चेक बाउन्सको मुद्दा उच्च अदालतले हेर्ने भएकोले उच्च अदालतसमेत चेक बाउन्सका मुद्दा हेर्न व्यस्त भएका कारण अन्य जघन्य र ठुला मुद्दा फर्स्योटमा समस्या भएको छ। 

यस्तो छ कानूनी व्यवस्था
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) मा आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिन नहुने उल्लेख छ। यसरी रकम नहुँदानहुँदै जानीजानी चेक काटिदिएमा दफा १५ मा देहाय बमोजिम सजाय हुने व्यवस्था गरेको छ। 
– बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिवाना र तीन महिनासम्म कैद। 
– चेक बाउन्स भएमा राष्ट्र बैंकमा कालो सूचीमा राख्न समेत सकिने व्यवस्था रहेको छ।
अर्कोतर्फ पीडित भनिएका व्यक्तिको उजुरी अदालत सम्म आइसकेपछि पीडितले रकम पनि पाउन सकको अवस्था देखिँदैन।

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्