काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न चुनौती रहेको बताएका छन्।
बुधबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, 'मजदुरहरुको समेत ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर हुँदै मुलुकमा नकारात्मक अराजकताको स्थिति पैदा हुने हो कि भन्ने प्रश्न हरेक राजनीतिक नेतृत्वमा उठ्ने गरेको छ।'
उनले विश्वमा धनी र गरिवबीचको खाडल झनै बढेर गएको हेक्का राखेर अघि बढ्नुपर्ने अवस्था आएको समेत उल्लेख गरे।
अध्यक्ष दाहालले ८० प्रतिशतभन्दा बढी गरिबलाई विश्वको सम्पत्ति कब्जा गरेर बसेकाहरुले अहिले पनि अन्याय, अत्याचार गरिरहेको उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउन जरुरी रहेको पनि बताए।
उनले नेपालका श्रमिकहरुले भने सैद्धान्तिक रुपमा ठुलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्दै लैजानुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।