नागपुर (एजेन्सी)– भारतीय व्याट्सम्यान मुरली विजयले टेस्टमा दशौं सतक पुरा गरेका छन्। उनले श्रीलंका विरुद्ध नागपुरमा जारी दोस्रो टेस्टमा सतक पुरा गरेका हुन्। मुरलीको श्रीलंका विरुद्ध पहिलो टेस्ट सतक हो।
भारतले दोस्रो टेस्टको पहिलो इनिङमा श्रीलंकालाई २ सय ५ रनमा रोकेको छ। पहिलो इनिङको सुरुवात गरेको भारतले मुरलीको सतकसँगै ६५ ओभरमा १ विकेट गुमाएर १ सय ८५ रन बनाइसकेको छ। मुरली १ सय ६ रनमा अविजित छन्। चेतेश्वर पुजारा ७१ रन बनाएर व्याटिङ गरिरहेका छन्। लोकेश राहुल ७ रनमा आउट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।