काठमाडौं- गायक हेमन्त शर्माले मजदुर दिवसको अवसरमा मजदुरको कथा बोकेको नयाँ गीत सार्वजनिक गरेका छन्।
सार्वजनिक गीतमा सबैलाई स्वतन्त्र हुन आग्रह गरिएको छ। गायक शर्माकै शब्द, संगीत रहेको गीतको भिडियोमा समेत मजदुरहरुको कथालाई प्रस्तुत गरिएको छ।
गीतमा आम जनताको गीत रहेको गायक शर्माको भनाई छ। युमी बलामी, रोमा शुभम भुजेल न्यौपाने लगायत कलाकारहरुको अभिनय रहेको छ।
बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन रहेको भिडियोलाई गायक शर्मा आफैले निर्देशन गरेका हुन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।