• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘छ माया छपक्कै’ले उब्जाएको शंका, निर्देशकमाथि कलाकार हाबी!

64x64
नेपाल लाइभ बुधबार, वैशाख १८, २०७६  १२:५०
1140x725

काठमाडौं– काठमाडौंको सोल्टी होटल नेपालको महंगो होटलमध्येमा मानिन्छ। त्यही होटलमा ‘छ माया छपक्कै’ निर्माण युनिटले फिल्मको औपचारिक निर्माण घोषण गर्‍यो। 

भेन्यू थियो– प्राइभ नेपाल।

नाइट क्ल्बका लागि चिरिच्याँट्ट हल, वरिपरि भित्ता, सिलिङमा फिल्मको एनिमेटेट टाइटल र आकर्षक ढंगमा स्क्रिनिङ। 

हलको मध्यभागमा वरिपरि राखिएका कुर्सी र एक–डेढ सय क्यामेरासँग खटिएका सञ्चारकर्मी। 

माहोल निकै गर्माएको थियो।

गत सोमबार दिउँसो २ः३० को औपचारिक कार्यक्रम भनी सञ्चारकर्मीहरू बोलाइए। 

तर, निर्धारित समय नाघिसकेको थियो। कार्यक्रमको पर्खाइमा थिए आगन्तुक।

नेपाली फिल्म सम्बन्धी आयोजित प्रायः कार्यक्रम निर्धारित समय भन्दा एक–डेढ घण्टा ढिला हुने प्रवृत्ति छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उही प्रवृत्तिलाई ‘टपक्कै’ टिप्यो ‘छ माया छपक्कै’ टिमले। निकैबेरपछि कलाकार तथा निर्देशक दीपा श्री नीरौलाको आवाज हलभरि गुञ्जियो। उनी ठूलो स्वरमा भन्दै थिइन्, ‘लाइट अफ... लाइट अफ...’। 

हलका प्राविधिकहरूले सबै बन्द गरिदिए। नाइटक्लबका लागि सजिएको हल अँध्यारो भएसँगै सुनसान बन्यो।

ठूलो स्क्रिनमा मधुर संगीतका साथ सुरु भयो फिल्म निर्माण टिमले छुट्याएको कार्यविभाजनको वृतान्त। 

स्क्रिनमा देखियो, फिल्मको निर्देशक दीपेन्द्र लामाको नाम। त्यसैगरी फिल्मले फिल्म क्षेत्रमै नयाँ पद सिर्जना गरेको रहेछ ‘सल्लाहकार निर्देशक’। जुन, पद सम्हाल्नेको नाम थियो दीपा श्री निरौला। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हलमा दुई पटक कार्यविभाजनको फुटेज प्रस्तुत गरियो। सञ्चारकर्मी आपसमा मुखामुख गर्न थालेका थिए। किनकि, नेपाली फिल्म बजारमै नौलो थियो ‘सल्लाहकार निर्देशक’।

स्क्रिन बन्द भयो, हलमा पुनः दीपश्रीको निर्देशनात्मक आवाज सुनियो ‘लाइट अन...’।

एक्सन कटमा अल्झिए निर्देशक 
एक अधबैंसे, सोझो युवक, अनुहारमा चुस्स सेता दारी, झुस्स कपाल अनि बायाँ पाखुरामा सेतो झोला र दायाँ पाखुरामा एक युवती च्यापेर हस्याङ फस्याङ गर्दै एक जोडी हल प्रवेश गर्‍यो। 

उनीहरू थिए कलाकार दीपकराज गिरी र केकी अधिकारी। जो फिल्मको मुख्य भूमिकामा समेत देखिने छन्।

संवादमा आधुनिक शैलिमा ठाँटिएकी युवती एक ‘अधबैंसे युवक’सँग विवाह गर्न आतुर छिन्। उनी हलमा नभएर सिडिओ समक्ष पुगेकी छन्। तर, त्यहाँ सिडिओ थिएनन्। 

यतिकैमा चोटिला व्यंग्य गर्दै भित्रिए कलाकार ‘माग्ने बुढा’ उर्फ केदार घिमिरे। उनी भन्दै थिए, ‘आज सिडिओ हुनुहुन्न, म छु अनि वरिपरि भिडियो खिच्ने छन्। बरु भन विहे गर्ने भन्दै छौ केटो खै?’ 

केटा र केटीको उमेरमा आकाश–पातालको फरक देखिन्थ्यो। समाजमा हुने अनमेल विवाहमाथिको एउटा उदाहरण थियो यो दृश्य। केदार यही विषयलाई व्यंग्य गर्दै थिए। 

माहोल छिचोल्दै भित्रिए अर्का कलाकार जितु नेपाल। उनले प्रक्रिया पुग्नुपर्ने भन्दै विवाह रोक्न दबाब दिन थाले। जवाफमा ‘माग्ने बुढा’ले प्रहसन प्रहार गरे, ‘बालुवाटारको जग्गा किनबेचमा त प्रक्रिया पुग्नु परेन विवाहमा के को प्रक्रिया?’ 

उता दीपक र  केकी एकअर्काको अंकमालमा रमाउन पुगे। केदारले प्रश्न तेर्स्याए,‘ सिडिओ कार्यालयमै लपक्कै?’ ‘लपक्कै हैन, ‘छ माया छपक्कै,’ हाँस्दै ती जोडीले जवाफ दिए।

अनुमान लगाउन सकिन्थ्यो की फिल्म निर्माण घोषणाको शुभमुहूर्त ‘सट’ सकिएको थियो। 

निर्देशकले ‘कट’ भन्नुपर्ने अवस्था थियो। तर, निर्देशक लामा केही परबाट ४ कलाकारहरूको अभिनय हेर्नमै व्यस्त थिए। हतार हतार जितु र केदारले लामालाई बोलाएपछि मात्र देखियो लामाको ‘एक्सन कट’ सक्रियता। 

यसपछि बल्ल सुरु भयो सञ्चारकर्मीसँगको प्रश्नोत्तर। स्टेजमा थिए फिल्मका तर्फबाट दीपकराज, केदार, केकी, दीपाश्री र निर्माता रोहित अधिकारी सहितको टिम। 

छक्का पञ्जा ब्यानरसँगको टिमअप 
नेपाली फिल्म बजारमा सर्वाधिक व्यापार गर्न सफल फिल्म छक्का पञ्जा निर्माण टिमसँग ‘टिमअप’ गरेर आएका रोहित यस फिल्मका एक्ला लगानीकर्ता हुन्।

फिल्मले लगानी सुरक्षित गरेपश्चात ५० प्रतिशन नाफामा जोडिएका छन् दीपक–दीपा अर्थात निर्देशक कलाकार। 

लामो समयसम्म टेलिभिजनमा प्रसारण भएको टेलिसिरियल ‘तीतो सत्य’को घट्दो क्रेजलाई बुझेर फिल्म निर्माणमा हुमिएका थिए कलाकार दीपक–दीपा। 

फिल्म ‘छ एकान छ’, ‘वडा नं. छ’ हुँदै उनीहरूले छक्का पञ्जाको ३ वटा सिक्वेल समेत निर्माण गरिसकेका छन्। 

त्यसमध्ये छक्का पञ्जाका सिक्वेललाई दीपाश्री आफंैले निर्देशन समेत गरिन्। तर, ‘छ माया छपक्कै’मा दीपा हुँदाहुँदै किन दीपेन्द्र नै चाहियो भन्ने जिज्ञासा धेरैमा छ। 

निर्देशक लामा जो आफैंमा सञ्चारकर्मी तथा फिल्म समीक्षक हुन्। उनले धेरै फिल्महरूलाई निर्मम ढंगमा समीक्षा समेत गरे। तर, उनी अन्ततः फिल्म निर्देशनमा जुटेका छन्। 

उनले यसअघि २ वटा फिल्म ‘घामपानी’ र ‘गोपी’ निर्देशन गरिसकेका छन्। जसमा घामपानीबाट दर्शकको मन राख्न सफल भए। तर, फिल्म ‘गोपी’ व्यावसायिक हिसाबमा सफल भएन। 

‘यस्तो अवस्थामा छक्का पञ्जा टिमले निर्देशनमा लामालाई नै किन छनोट गर्यो?’ यो पनि आम दर्शक र  सञ्चारकर्मीका लागि जिज्ञासाको पाटो हो। 

शंका, प्रश्न र जवाफ 
माथिको पृष्ठभूमि र ‘छक्का पञ्जा’ ताका बनेका गसिपलाई आधार मान्ने हो भने शंकाका आधार प्रचुर भेटिए। निर्देशनमा निर्देशकमाथि कलाकार नै हाबी हुने तथा हस्तक्षेप हुने गसिपले सिने बजार गर्माउँँथ्यो।

यिनै विषयका आडमा सञ्चारकमीले दर्जन बढी प्रश्न तेर्स्याए। अधिकांश प्रश्नको सार थियो, ‘निर्देशक लामाले टिममा रहेर स्वविवेकले उक्त फिल्म निर्देशन गर्ने माहोल तयार हुन सक्छ?’ 

‘फिल्म बजारमा हुँदै नभएको शब्द ‘निर्देशक सल्लाहकार’ किन आवश्यक पर्यो?’ ‘निर्देशक स्वयंले तयार पारेको फिल्मको स्क्रिप्टका लागि पटकथा र संवादमा फिल्मका कलाकार हाबी छन्। यसले निर्देशकलाई आफ्नो कन्सेप्टअनुसार काम गर्ने वातावरण मिल्ला?’ 

‘के दिपेन्द्र लामा सेरेमोनियल निर्देशक हुन् जसलाई दीपाश्रीले चलाउने छिन्?’

प्रश्नको जवाफका लागि दीपकाराज नै हाबी देखिन्थे। संक्षेपमा दीपकको जवाफ थियो, ‘फिल्म एउटा टिमवर्क हो। यसमा टिमले मिलेर लागिपर्ने हो। तर, अन्तिम डिसिजन निर्देशककै हुन्छ,’ उनले थपे, ‘अनुभव सेयरिङका हिसाबमा दीपालाई सल्लाहकार राखिएको हो। जसरी अन्य कार्यदलमा विभिन्न पोष्ट हुन्छन् उसैगरी। जे गरे पनि चाहना ‘छक्का पन्जा’ले गरेको व्यापारलाई बढाउने उदेश्य हो।’ 

बोल्ने क्रममा दीपकले केही डिमान्डेड र महंगा कलाकारलाई समेत सन्देश दिँदै भने, ‘हामीले रोहित जी सँग लगानी सुरक्षित पछिको सेयरीङमा काम गरेका छौं। यो एउटा रिक्स पनि हो बिना पारिश्रमिक सफलतासँग जोडिएका छौं।’ 

उनले थपे, ‘दिपेन्द्र र मेरो स्कुलिङ फरक होला तर समझदारीमा हामी अघि बढेका छौं, हाम्रो टिममा सबै सेरेमोनियल, कार्यकारि नै हुन्। यस टिममा मैले एउटा इँटा थप्न सके भने पनि हाम्रो सफलता हुनेछ। त्यसैले फिल्ममा अभिनय गर्ने कलाकारदेखि निर्माता सबै निर्देशक हुन्।’ 

दीपक केही रोमान्टिक हुँदै भने, ‘यो फिल्म खासमा ‘एभेन्जर’ जस्तो हो।’ 

यता निर्देशक लामा जवाफमा केही हड्बडाए झैं देखिन्थे। सञ्चारकर्र्मी, समीक्षक र यस अघिको निर्देशनलाई एक सिकाइको चरणका रुपमा व्याख्या गर्दै उनले ‘छ माया छपक्कै’को यात्रा पनि सिकाइको अर्को चरण भएको बताए। 

नेपाली फिल्म उद्योगमा दीपाद्वारा निर्देशित छक्का पञ्जा सिरिजले पाएको व्यावसायिक सफलताबाट आफूले पनि केही सिक्नुपर्ने निर्देशक लामाको तर्क थियो।

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह बुधबार, कात्तिक ४, २०८३
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्