काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिस्ट आन्दोलनका विचारको खडेरी पर्दै गएको बताएका छन्।
अध्यक्ष दाहालले बैचारिक बहसमा केन्द्रित नभए नेपालको कम्युनिस्ट आन्दोलन गम्भिर दुर्घटनामा फस्ने सम्भावना पनि औंल्याए।
१ सय ३०औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, 'मजदुरहरुलाई समाजवादी कित्ताको पक्षमा उभिएर अघि बढ्न आह्वान गर्दछु।'
अध्यक्ष दाहालले विश्वमा ठुल्ठुला आन्दोलन, क्रान्ति र परिवर्तन विचारको बलमा भएको उल्लेख गर्दै नेपालमा पनि समाजवादको आधार निर्माण हुने गरी विचारको बहसलाई अघि बढाउन जरुरी रहेको पनि बताए।
अध्यक्ष दाहालले समाजवादको आधार तयार पार्न सोही अनुसारको पार्टी संगठन, विचार, कार्यशैली र संरचनाको सुधारमा सबैले जोड दिनुपर्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।