काठमाडौं– आइसिसी महिला विश्व टी-२० छनोटअन्तर्गत थाइल्यान्डको बैंककमा भइरहेको खेलमा नेपालले मलेसियालाई १ सय ९ रनको चुनौती दिएको छ।
नेपालले प्रारम्भिक ब्याट्सवुमनको उत्कृष्ट सुरुवातसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनायो।
टस हारेर पहिलो ब्याटिङका लागि उत्रिएको नेपालका लागि ज्योति पाण्डे र सीता रानामगरको प्रारम्भिक जोडीले ६६ रनको साझेदारी गरेको थियो। विकेटकिपर ब्याट्सवुमन ज्योति २१ रन बनाएर क्याच आउट भइन्।
उत्कृष्ट ब्याटिङ गरेकी सीता ४२ बलमा ३ चौकाको सहयोगले ३७ रन बनाउँदै दुर्भाग्यपूर्ण रुपमा मास इल्यासाको थ्रोमा रन आउट हुन पुगिन्। नेपालले दुई विकेट छिटो गुमायो। पूर्वकप्तान नेरी थापा ५ र रितु कनौजिया १ रन बनाएर आउट भए। रोमा थापा पनि ६ रन बनाएर आउट भइन्।
काजल श्रेष्ठ १४ रन बनाएर आउट भइन्। इन्दु बर्मा ६ र रुबिना क्षेत्री २ रनमा अविजित रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।