जर्मनी (एजेन्सी)– बुन्डेसलिगाको १२ मध्ये २ खेल मात्र जितेको कोलोन क्लबले इंग्ल्यान्डको हेभीवेट टिम आर्सनललाई बिहीबार राति युरोपा लिगको समूह चरणको खेलमा १–० ले पराजित गरेको छ।
कोलोग्नेमा भएको समूह ‘एच’ तर्फको खेलमा ६३ मिनेटमा सेरोउ गुइरासेको पेनाल्टी गोलको सहयोगले कोलोनले आर्सनलसँग ३ महत्वपूर्ण अंक खोसेको हो। गनर्सका फ्रान्सिस कोक्युलिनले हानेको प्रहार पोलमा लागेर फर्किएपछि पहिलो हाफमा गोलको अग्रता बनाउने आर्सनलको अभियान धरासायी बन्न पुग्यो।
आर्सनल ५ खेलमा १० अंक बटुल्दै समूहको शीर्ष स्थानमा छ र इंग्लिस क्लब अघिल्लो चरणमा प्रवेश गरिसकेको छ। प्रशिक्षक आर्सने वेङ्गरले पनि नक आउट चरणमा प्रवेश गरेर खेलाडीहरुले आफ्नो काम पूरा गरिसकेको प्रतिक्रिया दिएका छन्। कोलोन ६ अंकका साथ तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।