गुडिसन पार्क (एजेन्सी)– युएफा लिगको बिहीबार राति सम्पन्न खेलमा इभर्टनलाई उसैको घरेलु मैदानमा इटालीको एटलान्टा क्लबले ५–१ गोलले पराजित गरेको छ।
यो खेलभन्दा अघि नै समूह चरणबाट बाहिरिसकेको इभर्टनका लागि कार्यवाहक प्रशिक्षक डेभिड उन्सवर्थले वायन रुनी, केभिन मिरालास र एस्ले विलियम्सको रुपमा बलियो सेट मैदानमा उतारेका थिए। तर, उनको प्रयास प्रभावकारी देखिएन।
२१ वर्षपछि युएफा लिगमा सबैभन्दा खराब नतिजा भोग्ने इंग्लिस क्लब बनेको इभर्टनले कुनै पनि बेला प्रभाव जमाउन सकेन। १७ हजार मात्र दर्शक उपस्थित गुडिसन पार्कमा भ्रमणकारी इटालियन क्लबका लागि मिडफिल्डर ब्रायन क्रिष्टान्टेले १२ मिनेटमा पहिलो गोल गरेका थिए। उनले ६३ मिनेटमा अर्को गोल गरे।
डेनिस स्ट्राइकर आन्द्रेस कोर्नेलियसले पनि ८८ र ९० पछि थप गरिएको चौथो मिनेटमा गोल गरे। गोसेन्सले ८६ मिनेटमा एक गोल गरे। इभर्टनका लागि एक मात्र गोल सान्ड्रो रामिरेजले गरे। गोलकिपर जोएल रोबेल्सले अलेजान्ड्रो गोमेजको पेनाल्टी रोकेर केही प्रभाव देखाउन खोजेका थिए। तर, त्यो पर्याप्त भएन।
अट्लान्टा समूह ‘ई’ मा ११ अंक बटुल्दै शीर्ष स्थानमा रहेर अघिल्लो चरणका लागि छनोट भएको छ। यही समूहको अर्को क्लब लियोनका पनि ११ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।