काठमाडौँ- चीनले १ अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान नेपाललाई सहयोग गर्ने घोषणा भएको छ।
चीनको राजकीय भ्रमणमा रहकी राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको अवसर चीनले यस्तो घोषणा गरेको हो।
सोमबार दुई राष्ट्रपतिबीच भएको द्विपक्षीय वार्तापछि चीन र नेपालबीच यातायात तथा पारवाहन प्रोटोकलसहित ७ वटा समझदारी-सम्झौतामा हस्ताक्षर भएको छ।
बेइजिङस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार नेपालको उत्तरी क्षेत्रमा जीविकोपार्जनका क्षेत्रमा सहायता अभिवृद्धिका लागि चीनले उक्त रकम सहयोग गरेको हो।
यस्ता छन् ७ समझदारी–सम्झौता
१.पारवहन यातायातसम्बन्धि सम्झौता कार्यान्वयनको प्रोटोकल
२. चीनको सहायतामा निर्माणाधीन परियोजनाको सम्भार तथा सुदृढीकरणका लागि अनुदान सहायता हस्तान्तरण प्रमाणपत्र
३.भन्सार मामलामा सहकार्य र पारस्परिक प्रशासनिक सहायतासम्बन्धी सम्झौता
४.नेपालको गुणस्तर तथा मापदण्ड विभाग र चीनको गुणस्तर प्रशासन सहकार्यसम्बन्धी समझदारीपत्र
५.आर्थिक तथा प्राविधिक सहकार्य सम्झौता
६. नेपालको उत्तरी क्षेत्रमा जिविकोपार्जनका क्षेत्रमा सहायता अभिवृद्धिसम्बन्धी दस्तावेज
७.नेपालबाट चीनमा सांस्कृतिक सम्पदाको अवैध ओसारपसार एवं चोरीनिकासी रोक्ने सम्झौता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।