काठमाडौं– महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यात्रु प्रतीक्षालय निर्माण गरेको छ। बैंकको पालुङ शाखाले थाहा नगरपालिका वडा नं २ मा यात्रु प्रतिक्षालय निर्माण गरेको हो। सो प्रतीक्षालयको प्रतिक्षालयको समुद्घाटन ९ बैशाखमा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले गरेका थिए।
उद््घाटन समारोहकै अवसरमा बैंकले थाहा नगरपालिका वडा नं २ कार्यालयलाई उक्त प्रतीक्षालय हस्तान्तरण गरेको थियो। कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लगायत वडा कार्यालयका २ का अध्यक्ष, स्थानीय विद्यालयका प्रतिनिधिहरु, नेपाल रेडक्रश सोसाइटी पालुङ शाखाको प्रतिनिधि, सामुदायिक भवन व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो।
उक्त प्रतिक्षालयले धेरै भन्दा धेरै यात्रुहरुलाई लाभ दिने अपेक्षा बैंकको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।