काठमाडौं– भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्री वैवाहिक बन्धनमा बाँधिदैछन्। उनी प्रेमिका सोनम भट्टाचार्यसँग यही डिसेम्बर ४ मा वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्।
मोहन बगानका पूर्व उत्कृष्ट खेलाडी सुब्रत भट्टाचार्यकी छोरी सोनमसँग उनले मंगलबार औंठी साटासाट गरेको भारतीय अखबारहरुले जनाएका छन्। गुडगाउँको एउटा होटलमा उनीहरुले विवाहको कुरा छिनेका थिए।
इन्डियन सुपर लिगको चौथो सत्रको उद्घाटन खेल गत आइतबार मुम्बई सिटीविरुद्ध खेल्दै बेंगलुरु एफसीका कप्तान क्षेत्री नयाँ दिल्ली पुगेका थिए। उनको विवाह कोलकातामा हुने र रिसेप्सन २४ डिसेम्बरमा बेंगलुरुमा हुने बताएका छन्। सोनमले स्कटल्यान्डबाट बिजनेस मेनेजमेन्टमा स्नातक गरेकी छिन्।
नेपालीभाषी ३३ वर्षीय सुनिल क्षेत्रीको मामाघर नेपालको झापा हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।