काठमाडौं (एजेन्सी)– स्ट्राइकर विलियान चम्किएपछि चेल्सीले १० खेलाडीमा सिमित क्वाराबागलाई ४–० ले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश पाएको छ।
बुधबार राती विलियानको २, इडेन हाजर्ड र सेस फेब्रिगासको गोलको सहयोगले समूह ‘सी’ मा सहज जित निकाल्दै चेल्सी नकआउट चरण प्रवेश गरेको हो। चेल्सीले ५ खेलमा १० अंक बटुलेपछि पछिल्लो च्याम्पियन्स लिगको पछिल्लो १५ खेलमा उ १४ पल्ट नकआउट चरणमा प्रवेश गरेको हो।
क्वाराबागले १९ मिनेटमै कप्तान रसिद सदिकोभलाई रातो कार्ड पाएर गुमाएको थियो। विलियानलाई डिबक्स भित्र तानेपछि उनले रातो कार्ड पाएका थिए भने चेल्सीले पेनाल्टीको अवसर पाएको थियो। यसपछि खेलमा हावी देखिएको चेल्सीका लागि हाजार्डले २१ मिनेटमा पेनाल्टीबाट गोल गरे।
चेल्सीले दुई पल्ट पेनाल्टीको अवसर पायो। फाब्रिगासले पनि ७३ मिनेटमा पेनाल्टीबाटै गोल गरेका थिए। यसबीच विलियानले ३६ र ८५ मिनेटमा गोल गरेका थिए।
यही समूहको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन क्लब रोमालाई २–० गोलले हराएपछि अन्तिम १६ मा प्रवेश गर्ने सम्भावनालाई जिवित राखेको छ। रोमाको ५ खेलबाट ८ अंक छ। एट्लेटिको ६ अंकमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।