प्रतिकात्मक तस्बिर
जनकपुर- सर्लाहीको छुट्टाछुट्टै स्थानमा रहेको जलासयमा पौडी खेल्ने क्रममा शनिबार डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्लाको उत्तर–पूर्वी ईश्वरपुर नगरपालिका–९, कुरैनिया निवासी विजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा डुबेर ज्यान गएको हो। बाख्रा चराउन गएका बालकको पक्की बाँधमा डुबेर त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्लाको दक्षिण–पश्चिम क्षेत्रको बरहथवा नगरपालिका–१, हजरियास्थित बागमती नदीको खर्साल घाटमा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्तको घटनास्थलमै मृत्यु भएको छ। स्थानीयका अनुसार सुशान्त साथीहरुसँगै पौडी खेल्न बागमती नदीमा पसेका थिए।
दुवै बालकको शव पोष्टमार्टमका लागि साँझ जिल्ला अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।