काठमाडौं (एजेन्सी)– पहिलो हाफमा तीन गोलले अगाडि रहेको इंग्लिस क्लब लिभरपुललाई स्पेनिस क्लब सेभिलले आफ्नो घरेलु मैदानमा जितबाट रोकेको छ। घरेलु टोलीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई ३–३ गोलको बराबरीमा रोक्यो।
रेड डेभिल्स विरुद्ध बेन येडरले दुई तथा गुइडो पिजारोले निर्धारित ९० पछि थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै यसै खेलमार्फत अन्तिम १६ मा प्रवेश पाउने प्रशिक्षक जर्गेन क्लोपको योजना भताभुंग पारेका थिए।
समूह ‘इ’ मा लिभरपुल ५ खेलबाट ९ अंक बटुल्दै शिर्षस्थानमा यथावत छ। सेभिलको ८ अंक छ र ऊ दोस्रो स्थानमा छ। यही समूहको अर्को खेलमा स्पाराटक मस्को पनि १–१ गोलको कारण मारिबोरसँग अंक बाड्न बाध्य भयो। मस्को ६ अंकका साथ तेस्रो स्थानमा छ।
अंक गणितीय हिसाबले यी तीन वटै क्लबको च्याम्पियन्स लिगको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना अन्तिम खेलले निर्धारण गर्नेछ। लिभरपुलका लागि रोबर्टो फिरमिनोले खेल सुरु भएको दोस्रो तथा ३० मिनेटमा गोल गरेका थिए। यस्तै साडियो मानेले २२ मिनेटमा गोल गरे।
प्रशिक्षक क्लोपले हातमा रहेको खेल बराबरीमा रोकिएपछि खेलाडीहरुको मानसिक दबाब झेल्न नसक्ने प्रतिक्रियाको बचाऊ गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।