वासिङ्टन (एजेन्सी)– अमेरिकी टेनिस स्टार भेनस विलियम्सको फ्लोरिडास्थित घरबाट करिब ४ लाख डलर चोरी भएको खुलासा भएको छ।
यो चोरी यही वर्षको युएस ओपनमा भाग लिने क्रममा ३७ वर्षीय भेनसको घरबाट चोरी भएको थियो। चिनियाँ समाचार संस्था सिन्हवाले जनाएअनुसार भेनस युएस ओपनमा सहभागी थिइन्। उनको फ्लोरिडास्थित घरबाट ५ सेप्टेम्बरमा चोरी भएको थियो। प्रहरीले भने कुनै कुरा सार्वजनिक गरेको छैन्।
तर, चोरी भएको घटनाको पुष्टी भने गरेको छ। प्रहरीका अनुसार यस घटनामा अहिलेसम्म कोही पक्राउ परेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।