काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारले विकासलाई समन्वय गरेर अघि बढाउनु पर्ने बताएका छन्।
अन्तर प्रदेश परिषद्को तेस्रो बैठकलाई शुक्रबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै तहका सरकारले समन्वय र योजना नदोहोरिने गरी बजेटमा समावेश गर्नुपर्ने बताए।
‘एउटै योजनामा तानातान होइन एउटा तहले सामेल गरेको योजनामाथि अर्को तहले हस्तक्षेप गर्नु हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सबैले समन्वय गरेर विकासका कामलाई अघि बढाउनु पर्दछ।’
विकासका काममा पक्ष विपक्षमा विभाजित हुनु नुहने प्रधानमन्त्री ओलीको भनाइ छ।
‘सबै मिलेर देशलाई समृद्ध बनाउने हो। यसमा पक्ष विपक्ष भइरहनु हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो मूख्य लक्ष्य सुशासनसहित संघीयताको कार्यन्वयन र विकास हो। यसमा सबैले एकजुट भएर लाग्नु पर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।