काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीन वर्षभित्र सामुदायिक शिक्षा परिमार्जन गरी गुणस्तरीय बनाइसक्ने दाबी गरेका छन्।
एसियाली विकास बैंक (एडीबी)को रु छ करोड ऋण सहयोग तथा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा) को समन्वयमा चौँरीदेउराली गाउँपालिका–४ सालिमेछेडास्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी हुने गुणस्तरीय शिक्षा बनाइसक्ने बताए।
मन्त्री बाँस्कोटाले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिने बताए। उनले भने, 'हाम्रो मुलुकमा रहेका सम्पूर्ण स्रोतसाधान उपयोग गर्न प्राविधिक शिक्षा आवश्यक छ, यसप्रति सरकारको विशेष ध्यान गइरहेको छ।'
मन्त्री बाँस्कोटाले शिक्षा सामाजिकीकरण र व्यावहारिक हुनुपर्ने बताउँदै भने, 'शिक्षालाई अर्थतन्त्रसँग जोड्नुपर्दछ, यसले आत्मनिर्भरतालाई प्रोत्साहित गर्दछ।'
परिमार्जित शिक्षाले मानिसलाई संस्कारप्रति बफादार बनाइ श्रमप्रति सम्मान गर्ने उनको दाबी थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।