राजविराज– सप्तरीमा माइक्रोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
पूर्व जाँदै गरेको को १ ज ३५६५ नम्बरको माइक्रोले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित पोर्ताहा चोकमा को १५ प ५५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय शंकर पघैया यादवको मृत्यु भएको छ।
माइक्रोको ठक्करबाट गम्भीर घाइते भएका उनलाई स्थानीय भारदह अस्पतालमा लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।
प्रहरीले माइक्रो र मोटरसाइकल नियन्त्रणमा लिई घटनाको अनुसन्धान थालेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।