नेपालगन्ज– जुम्लाका दुर्गाबहादुर बुढाले तेस्रो नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। बुढाले निर्धारित दुरी २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पार गरेका थिए।
नेपाली सेनाका खडकबहादुर खड्का दोस्रो (२ घन्टा २७ मिनेट २० सेकेन्ड) दोस्रो भए भने सशस्त्र प्रहरीका गणेशसिंह ठकुरीले (२ घन्टा २८ मिनेट ३५ सेकेन्ड) तेस्रो स्थान हात पारे।
सेनाकी रेसु बस्नेतले महिला हाफ म्याराथन जितिन् । रेसुले १ घन्टा २४ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । सेनाकै चन्द्रा रावत (१ घन्टा २८ मिनेट ०६ सेकेन्ड) दोस्रो र सशस्त्रकी कृष्णश्वरी सिन्तकला (१ घन्टा ३० मिनेट ०७ सेकेन्ड) तेस्रो भइन्।
५ किलोमिटर दौडमा छात्रातर्फ जुम्लाकी राममाया बुढा र छात्रतर्फ नरेश बुढा विजयी भए। ह्विलचियरतर्फ कमल बुढा पहिलो, नन्कु थारु दोस्रो र दीपक दराई तेस्रो भए।
क्रियटिभ्स ह्यान्ड्सको आयोजनामा भएको नेपालगन्ज म्याराथनको विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले पुरस्कार वितरण गरेका थिए।
दश बर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथन आयोजना गरिदै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।