काठमाडौं– हिमालयन शेर्पा क्लबले चन्द्रागिरी गोल्डकपको उपाधि जितेको छ। मंगलबार नैकापस्थित चन्द्रागिरी नगरपालिकाको मैदानमा भएको फाइनलमा शेर्पाले १० खेलाडीमा सीमित फ्रेन्ड्सलाई ३–१ गोलले पराजित गर्दै उपाधि जितेको हो।
६१ मिनेटमा अफ्रिकी मुलका खेलाडी लावलले गोल गरेर फ्रेन्ड्सलाई अग्रता दिलाए। ७ मिनेटपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित बन्यो। फ्रेन्ड्सका रुमेश बर्तौला रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। ९० मिनेटमा बिशन गुरुङले गोल गरेपछि शेर्पाले सम्भावित हार टारेको थियो।
निर्धारित समयमा १–१ गोलको बराबरीमा खेल सकिएपछि ३० मिनेट थप गरियो। ९८ मिनेटमा पियुस हेनरिकले गोल गरेर शेर्पालाई अग्रता दिलाए। थप गरिएको समय सकिन २ मिनेट बाँकी छँदा पेड्रिक अवाले अर्को गोल थपेपछि शेर्पाले ३–१ गोलले खेल जित्यो।
उपाधिसँगै शेर्पाले ५ लाख रुपैयाँ हात पारेको छ। फ्रेन्ड्सले भने २ लाख ५० हजारमै चित्त बुझायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।