जनकपुर– कलाकार शम्भु कर्ण, मिथिलाका लोकप्रिय तबला वादक हुन्। आफ्नो दुई मिर्गौलाले काम गर्न छाडेपछि शम्भु मृत्युशय्यामा पुगेका छन्।
उनी उपचारका लागि गत एक हप्तादेखि भक्तपुरस्थित मानव अंग प्रत्यारोण केन्द्र भक्तपुरमा भर्ना भएका थिए। नर्सहरूको हडतालका कारण उपचार सम्भव नभएपछि त्यहाँबाट उनलाई आज डिस्चार्ज गरियो।
शम्भुलाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पतालमा भर्ना गरिएको छ। उनको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार कलाकार शम्भुको दुवै किडनी काम गर्न छोडेकोले ५ दिनभित्र मिर्गौला प्रत्यारोपण गर्नु आवश्यक रहेको छ।
उनको उपचारमा सहयोगका लागि जनकपुरधामस्थित उनी आबद्ध संस्था मिथिला नाट्य कला परिषदले 'कलाकार शम्भुको रक्षार्थ अभियान' अगाडि बढाएको छ।
परिषद्ले उनको रक्षाका लागि सहयोगको आग्रह गरेको छ। परिषद्को सानिमा बैंकमा रहेको खाता नम्बर ०३३०००००५५६०१ मा आर्थिक सहयोगका लागि अपिल गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।