गोरखा- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनः निर्माण छिटो सक्न निर्देशन दिएका छन्। आज बिहान गोरखा दरबारको निरीक्षण गर्दै उनले पुनःनिर्माणको कार्य सुस्त
गतिमा भइरहेको प्रति चिन्ता व्यक्त गर्दै काममा कुनै पनि ढिलासुस्ती नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिए।
ऐतिहासिक महत्व रहेको गोरखा दरबारको मौलिक संरचना कत्ति पनि नबिग्रने गरी पुनःनिर्माण गर्न आग्रह गर्दै गोरखा दरबारको संरक्षण संवर्द्धन र प्रवर्द्धनमा सरकार, स्थानीय निकाय र सरोकारवाला सबैको चिन्ता र चासो हुनुपर्ने बताए।
गोरखा दरबारलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सबै लागिपर्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।