• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भूकम्पको ४ वर्ष : प्रहरीका १९९ कार्यालय भत्किए, जम्मा २८ भवन बने

64x64
नारायण अधिकारी शुक्रबार, वैशाख १३, २०७६  १८:१७
1140x725

काठमाडौं– भूकम्प गएको चार वर्ष पुगिसक्दा समेत प्रहरी कार्यालयहरु अझै मक्किएको पालबाटै सेवा दिन बाध्य भएका छन्। भूकम्पपछिको पुनर्निर्माणले सुस्त गति लिँदा प्रहरी कार्यालयहरु बर्खा, हिउँद नभनि मक्किएकै पालबाट नागरिकलाई सुरक्षा दिनुपर्ने अवस्था छ।

राजधानीकै दुई मुख्य प्रहरी निकाय महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखा समेत पालबाटै सञ्चालित छन्। महाशाखामा अहिले पनि ३५ जनाभन्दा बढी प्रहरी पालमुनि बस्दै आएका छन्। पाल मक्किएर च्यातिन थालिसकेका छन्। घाम पानीसमेत छेक्न सक्ने अवस्था नहुँदा प्रहरी पालमा बस्न समेत गाह्रो हुने गरेको प्रहरीको गुनासो छ। 

तीन वर्षयताका असार, साउनको झरी र कठयाङ्ग्रिदो काठमाडौंको चिसो जेनतेन कटाएका प्रहरीलाई अबको बर्खा कसरी कटाउने भन्ने पिरलो छ। 

एक प्रहरी जवान गुनासो गर्छन्, ‘ड्युटीको अनिँदो छँदैछ, ड्युटी सकिएपछि पनि राम्रोसँग सुत्न पाँइदैन। बर्खामा पानी चुहिने चिन्ता, जाडोमा चिसो हावा र शीत।’ सुरुका वर्ष पाल नयाँ भएका कारण प्रहरीलाई केही राहत मिलेको थियो। घामपानीले मक्किन थालेपछि काठमाडौंको ठिही उनीहरुका लागि कहर बनेको छ।

ट्वाइलेट बाथरुमको समेत राम्रो व्यवस्था नहुँदा प्रहरीले समस्या हुने गरेको छ। उपत्यकाका तीन जिल्लाको अपराध अनुसन्धानको जिम्मा पाएको महानगरीय प्रहरी अपराध महाशाखाको बिजोग यतिमात्रै छैन। महाशाखाले उपत्यकामा हुने ठूला प्रकृतिका अपराधको अनुसन्धान गर्नैगर्छ। पालमुनि र पार्टी प्यालेसको खुल्ला कोठामा बस्नुपर्दा अनुसन्धानमै समस्या हुने गरेको प्रहरी अधिकारी बताउँछन्।  

‘अपराधीसँग बयान लिने गोप्य कोठासमेत छैन। खुल्ला ठाउँमा बयान लिनुपर्ने अवस्था छ। सँगैको पार्टी प्यालेसको हल्लाखल्लाले त डिस्टर्ब गर्ने नै भयो,’ महाशाखाका एसएसपी धीरजप्रताप सिंह भन्छन्।  

पार्टी प्यालेसमा पार्टीको भएको बेला त ढल नै बाहिर निस्किएर दुर्गन्धित हुने गरेको प्रहरीको गुनासो छ।

महाशाखा नजिकै रहेको महानगरीय प्रहरी परिसर काठमाडौंको हालत पनि उस्तै छ। उपत्यकाका ४० लाखभन्दा बढी जनसंख्यालाई शान्ति सुरक्षा दिनुपर्ने प्रहरी आफै असुरक्षितझैं बन्नु परेको प्रहरीको गुनासो छ। 

nimb
nimb
Ncell 2
Ncell 2

आफ्ना हातहतियारको सुरक्षा, दैनिक पुलिसिङ, अपराध अनुसन्धान लगायतमा समेत समस्या हुने गरेको परिसरका अधिकृतको गुनासो छ भने तल्लो दर्जाका प्रहरी अधिकारीलाई सुत्नबस्नकै चिन्ता। राजधानीकै प्रहरीको यस्तो हालत छ भने अन्य जिल्लाका प्रहरीको अवस्था पनि उस्तै छ।

भत्किए १९९ कार्यालय, बने जम्मा २८
२०७२ सालको भूकम्पबाट देशभरका १ सय ९९ प्रहरी कार्यालय पूर्ण रुपमा क्षति भएका थिए। तीमध्ये अहिलेसम्म २८ वटा प्रहरी कार्यालयको निर्माण सम्पन्न भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। केही प्रहरी चौकी टालटुल गरेर बस्न योग्य बनाइए पनि पूर्ण रुपमा क्षति भएका २८ वटा भवनमात्र मापदण्डअनुसार बनिसकको छ। 

जसमा नियमित बजेटबाट १३ वटा, वैदेशिक परियोजनाबाट ७ वटा प्रहरी कार्यालय निर्माण सम्पन्न भइसकेका छन् भने बालबालिका सेवा केन्द्रका ८ वटा भवन गरी २८ वटा भवन निर्माण भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पूर्ण क्षति भएका प्रहरी कार्यालयमध्ये ९९ वटा निमार्णधीन अवस्थामा छन्। बाँकी १ सय प्रहरी कार्यालय पुनर्निर्माणका लागि बजेटसमेत विनियोजन नभएको अवस्था छ। पूर्ण क्षति भएका कार्यालयमध्ये धेरैजसो अस्थायी टहरामा र  घर भाडा लिएर सञ्चालन भइरहेका छन्। 

पूर्ण रुपमा क्षति भएका कार्यालयको पुनर्निर्माण गर्न ५ अर्ब ७ करोड ७५ लाखभन्दा बढी लाग्ने प्रहरी प्रधान कार्यालयको पूर्वानुमान छ। ९९ सय वटा प्रहरी कार्यालयको भवन भने निर्माण भइरहेको छ। 

जसमध्ये वैदेशिक परियोजनाबाट २० वटा भवन निर्माण भइरहेका छन् नियमित बजेटबाट ७७ महिला बालबालिका सेवा केन्द्रका २ वटा भवन निर्माण भइहेको प्रहरी पधान कार्यालयले जनाएको छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमाफृत केही प्रहरी कार्यालयहरु बनिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए। उनका अनुसार प्राधिकरणमार्फत प्रदेश १ मा २० वटा प्रहरी कार्यालय निर्माणधीन छन् भने प्रदेश ३ मा ६५ वटा निर्माणाधीन छन्। २ वटाको निर्माण सम्पन्न भइसकेको छ। प्रदेश ४ मा १२ वटा निर्माणधीन अवस्थामा छन्। २ वटाको टेण्डर रद्द भएको  भने १ वटाको लगत तयार भइसकेको छ। प्रदेश ५ मा १ वटा भवन निर्माणधीन छ।

त्यसैगरी प्राधिकरणमार्फत नै प्रहरी प्रधान कार्यालयलाई थप भौतिक सुविधा सम्पन्न बनाउन अडिटोरियम हल निर्माण भइरहेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा २ वटा भवन निर्माण भइरहेका छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा १ वटा भवन निर्माण भइरहेको छ।

आंशिक रुपमा क्षति भएका कतिपय कार्यालयहरू टालटुल गरेर बस्न योग्न बनाइएको छ भने कतिपयको मर्मत नै हुन सकेको अवस्था छैन। आशिंक रुपमा ५ सय ७१ वटा क्षति भएका थिए। आशिंक क्षति भएका मध्ये २८५ वटा प्रहरी कार्यालयको भवन मर्मत भइसकेको छ।

पूर्ण रुपमा क्षति भएर बस्न नमिल्ने भएपछि ८७ वटा प्रहरी कार्यालयहरू पालमा अवस्था छ। काठमाडौंकै महानगरीय प्रहरी अपराध महाशाखा, प्रहरी परिसर लगायत केही प्रभाग अहिलेसम्म पनि भाडामा बस्न बाध्य छन्। 

काठमाडौं उपत्यकामा १३, पूर्व क्षेत्रमा ८, मध्य क्षेत्रमा ५० र पश्चिम क्षेत्रमा १६ प्रहरी कार्यालय अझै पाल र अस्थायी टहराबाट सञ्चालन भएको प्रवक्ता सुवेदीले बताए। पूर्ण क्षति भएर बस्नै नमिल्ने भएपछि ६५ वटा प्रहरी कार्यालयहरु भाडा लिएर बस्नु परेको छ। उपत्यकाका काठमाडौं परिसर, अपराध महाशाखा पालमा सञ्चालन हुँदै आएका छन्। 

परिसर र महाशाखालाई खाद्य संस्थानको जग्गामा सारिने
आफ्नो एक वर्षे कार्यकालेको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा आइजिपी सर्वेन्द्र खनालले महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसरलाई खाद्य संस्थानको जग्गामा सारिने बताए। त्यसका लागि प्रहरी प्रधान कार्यालयले २ अर्ब ६९ करोड रुपैयाँ माग गरिसकेको र रकम आउने प्रक्रिाया पनि अन्तिम चरणमा पुगेको उनको भनाइ थियो। 

उक्त रकम आएपछि रामशाहपथस्थित खाद्य संस्थानको ३२ रोपनी जग्गा खरिद गरिने छ। ५० लाख रुपैयाँ आनाका दरले प्रहरीले सो जग्गा खरिद गर्ने र महाशाखा र परिसरलाई त्यहाँ सार्ने योजना प्रहरी प्रधान कार्यालयको छ। 

अहिले परिसर नेसनल ट्र्डिङले नेपाल आयल निगमलाई बचेको जग्गामा बस्दै आएको छ भने महाशाखा पार्टी प्यालेसमा बसिररहेको छ। निगमले उक्त जग्गा खरिद गरेपछि प्रहरीलाई ठाउँ खाली गरिदिन भन्दै पटक पटक पत्राचार समेत गरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्