राजविराज– सप्तरीको प्रसिद्ध शक्तिपीठ सखडा भगवती मन्दिर परिसरमा रहेको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
छिन्नमस्ता गाउँपालिका–३ निवासी सन्जिप मण्डलका छोरा ७ वर्षीय शम्भु मण्डलको मृत्यु भएको हो।
नुहाउने क्रममा बालक पोखरीमा डुबेको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान पूरा गरी थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।