झापा- झापाको भद्रपुर नगरपालिका-६ मा गएराति चट्याङ लागेर १ जनाको मृत्यु भएको छ।
राति साढे २ बजे सामान्य वर्षा भइरहेको अवस्थामा चट्याङ लाग्दा सोही स्थान बस्ने ३२ वर्षीय भीम राजवंशी घाइते भएका थिए। चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याउने क्रममा बाटोमा नै मत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।
मृतकको शव परीक्षणको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको उक्त कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।