जनकपुर– जनकपुरमा १९ वर्षीय किशोरीसँग ५० वर्षे अधबैशें व्यक्तिले अनमेल विवाह गर्न खोज्दा धनुषा प्रहरीले विवाह रोक्का बेहुलासहित संलग्न ५ जनालाई पक्राउ गरेको छ।
बाल तथा अनमेल विवाह गराउन लागेका प्रहरीले जनकपुरको विवाह मण्डपबाट पक्राउ गरेको छ। जनकपुरको जानकी मन्दिरको छेउमा रहेको रामजानकी विवाह मण्डपमा बुधबार साँझ ५० वर्षका बेहुलाले १९ वर्षकी बालिका बेहुलीसँग विवाह गरिरहेको बेला पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो।
सिरहाको बरियारपट्टी गाउँपालिका ५ हरिपुर बस्ने जिवेन्द्रनारयाण यादवले धनुषाको औरही गाउँपालिका ३ खजनपुर बस्ने हरिनारायण यादवको छोरी वर्ष १९ की विभा कुमारीकोसंग विवाह गर्न लागेका थिए।
त्यसैक्रममा प्रहरीले सूचना पाएपछि उनीहरुलाई पक्राउ गरेको हो।
बेहुलीका बुबा हरिनारायण यादव र बेहुला जीवेन्द्रनारायण यादवसहित दुवै पक्षका ५ जनालाई प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।