काठमाडौं- राजधानीको काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले प्लस २ साइन्सका विधार्थीको पढाइमा सहयोग पुर्याउने उद्देश्यले अनलाइन सिस्टम सुरु गरेको छ।
कलेजले प्रविधि तथा डिजिटल पाठ्यक्रम सामग्री उत्पादकसँग सहकार्य गरी स्याटसम नाम दिइएको यो प्रविधि विकास गरेको हो।
यस अनलाइन लर्निङ पोर्टलबाट विधार्थीहरुले घरमा नै बसी विभिन्न विषयको अध्ययन तथा अभ्यास गर्न सक्ने बताइएको छ। आफ़ूलाई कठिन लागेका प्रश्न स्याटसम सस्क्राइब गरेका साथीभाइ तथा शिक्षकबीच छलफल गर्न सकिने सुविधा पनि यस प्रविधिमा जडान गरिएको छ।
आफूले कति पढेको छु र कति पढ्न बाँकी छ भनेर हेर्न सकिने, शिक्षक र विधार्थीका लागि छुट्टाछुट्टै लगइनको माध्यम भएको यस अनलाइन प्रविधिमा सम्पूर्ण विषयका नोटहरु हेर्न सकिने विशेषता भएको कलेजले जानकारी दिएको छ।
यसका साथै एमबिबिएस र ईन्जिनियरिङका प्रवेश परीक्षाका मक टेस्ट (नमूना परीक्षा) र पुराना प्रश्नपत्रहरुसमेत हेर्न र जाँच दिन सक्ने गरी यो प्रविधि विकास गरिएको छ।
यसो गर्दा तत्कालै रिपोर्ट थाहा हुने, आफ्नो प्रवेश परीक्षामा नाम निस्कन सक्ने संभाव्यतालगायत अन्य विभिन्न कुराहरुमा सहयोग हुने कलेजले दाबी गरेको छ।
यो प्रविधि नेपालमै पहिलो भएको कलेज प्रमुख रमेश घिमिरेले बताए।
नेपालको शैक्षिक प्रणालीमा यसरी कलेजहरुको अनलाइन मोह बढ्दै गएकाले युवा पुस्तालाई पठनपाठन सहजता हुने विश्वास घिमिरेले व्यक्त गरे।
नेपालभरिका प्लस २ साइन्स कलेजलाई अनलाइन नेटवर्क सदस्यका रुपमा थप्ने काम भइरहेको बताइको छ।
स्याटसममा पढेर टप गर्ने विधार्थीलाइ चीनको जियान प्रान्तमा ईन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।