राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार अवशेष प्रदर्शनमा विशिष्ट मानिने यस सङ्ग्रहालय आइपुग्दा प्रमुख पुरातत्वविद्होउले गरे। तस्बिर : सुरेन्द्रबहादुर नेपाली, रासस, सियान
बेइजिङ– राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज सान्सी प्रान्तबाट राजधानी बेइजिङ पुगेकी छन्।
उनलाई बेइजिङ अन्तररार्ष्ट्रिय विमानस्थलमा चिनियाँ पराष्ट्र मन्त्रालयका उपमन्त्री कोङ सुयानयु तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची र बेइजिङस्थित नेपाली राजदूतावासका कर्मचारीलेस्वागत गरे।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल’ कोअपरेशन ९अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा सहभागी हुनेछिन्।
उनले उक्त मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ।
राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।