काठमाडौं- पेस्तोलसहित पोल्यान्डका एक नागरिक काठमाडौं आएका छन्।
राहदानी नम्बर इएक्स १६५२४०९ नम्बर भएका पोल्यान्डका एडोम रज्जर एडाडमुस पेस्तोलसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आर्लिएका हुन्।
कतार एयरको उडानद्धारा काठमाडौं आएका एडाडमुसलाई जाँच गर्ने बेला पेस्तोल फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
उनी बुधबार साँझ पक्राउ परेका हुन्।
उनले बोकको ह्याण्ड ब्यागमा भन्सार कार्यालयले जाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको पेस्तोल फेला परेको हो।
कालो रङको पेस्तोल र १ सय ७७ क्यालिबरको ३ राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ।
भन्सार कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको हो।
उनलाई महानगरीय प्रहरी वृत गौशालामा राखेर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।