विराटनगर– मोरङको विराटनगर महानगरपालिका स्थित खोलाबाट बिहीबार प्रहरीले एक्स्काभेटर, ट्र्याक्टर र ३ टिप्पर नियन्त्रणमा लिएको छ।
केसलिया खोला नजिक अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा फेला परेका टिप्पर र ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
खोला उत्खनन् गरिरहेको अवस्थामा अनटेष्ट एक्स्काभेटर, ना ५ ख ७४४५, को १ क १९६३, बा ८ ख ५९९४ नम्बरको ट्रिपर र को १ त २७९१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।