पाँचथर– पाँचथरको कुम्याक गाउँपालिका–५ निगालेका गहर सिंह विकको घरमा गए राति भएको आगलागीमा ११ लाख मूल्य बराबरको क्षति भएको छ।
करिब २ बजे लागेको आगोले २ तले घर, भान्सा, नगद ५ हजार, डेढ तोला सुन, आधा तोला चाँदी, अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगालगीमा ११ लाख मूल्य बराबरको क्षति भएको हो प्रहरीको भनाइ छ।
प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ५ बजे आगो नियन्त्रणमा आएको छ। बिजुलीको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।