कोलकाता- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ५०औं अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्।
श्रीलंकाविरुद्ध बिहीबारदेखि सुरु भएको तीन टेस्टको शृंखलाअन्तर्गत पहिलो टेस्टको दोस्रो इनिङमा कोहलीले शतक प्रहार गरेका हुन्। उनले नटआउट १ सय ४ रन प्रहार गरे। उनले १ सय १९ बलको सामना गर्दा १२ चौका र २ छक्का प्रहार गरे। खेलको पहिलो इनिङमा भने उनी शून्य रनमा आउट भएका थिए।
कोहलीले यो टेस्ट क्रिकेटमा १८औं शतक हो। एकदिवसीय कोहलीले ३२ शतक प्रहार गरेका छन्।
टेस्ट क्रिकेटमा कोहलीले १ सय २ इनिङ खेल्दा ४५ सय रन पूरा गरेका छन्। एकदिवसीयमा भने उनले १ सय ९४ इनिङमा ९ हजार रन पूरा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।