• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीचकाे भेटवार्ता आज

आफ्नाे पक्षमा उभिन काेरियाले रुसलाई आह्वान गर्ने, द्विपक्षीय सम्झाैता नहुने
64x64
नेपाल लाइभ बिहीबार, वैशाख १२, २०७६  ०७:१५
1140x725

भ्लादिभोस्तक- उत्तर काेरियाली प्रमुख नेता किम जाेङ-उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचकाे भेटवार्ताकाे स्थान तय भएकाे छ।

रूसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणामा उत्तर कोरियाली नेता किम बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका थिए।

उनीहरुबीच स्थानीय समयअनुसार बिहीबार बिहान भेटवार्ता हुने मिति तय भएकाे छ। साे भेटवार्ता भ्लादिभोस्तककाे रस्की द्विपमा हुने बताइएकाे छ।

दुई शीर्ष नेताकाे भेटवार्तालाई लिएर रुसले उत्तर काेरियाली आणविक कार्यबारे छलफल हुने बताएकाे छ। यता, काेरियाले भने अमेरिकासँग असफल भएकाे वार्तामा आफ्नाे पक्षमा उभिन रुस सरकारलाई आह्वान गर्ने तथा हरसम्भव रिझ्याउन प्रयास गर्ने बताइएकाे छ।

क्रेमलिनका विदेश नीति हेर्ने युरी उसाकोभका अनुसार यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम तय भएको छ। तर, उनले दुई देशको संयुक्त वक्तव्य वा कुनै सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम नरहेको दाबी गरेका छन्।

अमेरीकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र नेता किमबीचमा केही महिनाअघि मात्रै हनाेइमा दाेस्राे शीखर सम्मेलन भएकाे थियाे। उत्तर काेरियाली आणविक कार्यक्रमका विषयमा छलफल भएपनि साे सम्मेलनमा कुनै सम्झाैता भने हुन सकेकाे थिएन। बरु दुबै देशबीच पछिल्लाे समय रहँदै आएकाे समझदारीमा नै दरार आएकाे विश्लेषण हुँदै आएकाे थियाे।

Ncell 2
Ncell 2
nimb
nimb

शक्तिमा आएपछि नेता किम पहिलाे पटक रुसकाे भ्रमणमा निस्किएका हुन्। रेलमा रुस पुगेका किमकाे राष्ट्रपति पुटिनसँग पहिलाे भेट हुनेछ।

किमलाई रुसी सीमा शहर खसानमा स्थानीय नागरिकले परम्परागत शैलीमा भव्य स्वागत गरेका रुसी समाचार समितिले जानकारी दिएको छ। देशमाथि लागेका आर्थिक प्रतिबन्धका कारण सङ्कटमा परेका किमले गत वर्षदेखि कुटनीतिक गतिविधिलाई तिव्रता दिएका छन्। रुसी राष्ट्रपति पुटिनले नेता किमलाई रुस भ्रमणका लागि निम्ता गरेका थिए।

नेता किमका हजुरबुबा एवं उत्तर कोरियाका संस्थापक किम इल–सुङ र बुबा किम जोङ–इलले पनि विगतमा रुस भ्रमणका क्रममा भ्लादिभोस्तकको भ्रमण गरेका थिए। रुस र चीनको सहयोगमा उत्तर कोरियाली कम्युनिष्टहरुले कोरियालाई जापानको उपनिवेशबाट मुक्त गराएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोभियत युनियनले उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध बढाउन थालेको भन्दै उत्तर कोरियालाई प्रदान गर्ने वार्षिक सहायतामा सन् १९८० को दशकबाटै कटौती गर्न थालेको थियो। तर, सन् १९९० को दशकमा सोभियत सङ्घको विघटनपछि यस्तो सहायता लगभग बन्द भएको थियो।

विश्व समुदायबाट अलग्गिएको उत्तर कोरियाका धेरै नागरिक रुसका पूर्वी शहरहरुमा रोजगारीका लागि पुग्ने गरेका छन्।

रुसको राष्ट्रपतिमा पहिलो पटक निर्वाचित भएलगत्तै राष्ट्रपति पुटिनले दुबै देशबीचको सम्बन्धलाई सामान्यीकरण गर्न तत्कालीन उत्तर कोरियाली नेता किम जोङ–इलसँग ३ पटक भेट गरेका थिए। उनीहरुबीचको पहिलो भेट सन् २००० मा उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको थियो। राष्ट्रपति पुटिन उत्तर कोरिया भ्रमण गर्ने पहिलो रुसी राष्ट्रपति पनि हुन्।

रुसी सहायता रोकिएपछि एक्लो भएको उत्तर कोरियालाई चीनले मद्दत गर्न थालेको थियो। पछिल्ला वर्षहरुमा उत्तर कोरियाको सबैभन्दा ठूलो दाता, व्यापारिक साझेदार र इन्धनको मुख्य आपूर्तिकर्ता चीन नै भएको छ। विश्लेषकहरुले किमले बेइजिङको बढ्दो प्रभावलाई सन्तुलनमा ल्याउने प्रयास थालेका छन्।

सियोलस्थित उत्तर कोरियाली अध्ययन केन्द्रका विश्लेषक जियोङ योङ–ताईका अनुसार उत्तर कोरियाको जुछे सिद्धान्तमा नै एउटा शक्तिसँग मात्र निर्भर हुनु हुँदैन भनेकाले उत्तर कोरियाले अरु देशसँग सम्बन्ध बढाउनु स्वाभाविक हो।

नेता किमका बुवा किम जोङ–इलले सन् २०११ मा रुसी राष्ट्रपति डिमित्री मेडभेडेभसँगको भेटवार्तामा रुस र उत्तर कोरियाबीचको सम्बन्ध सुमधुर हुने बताएका थिए। नेता किम जोङ–इलले रुसी राष्ट्रपतिलाई रुसी सहयोग प्राप्त गरे आणविक परीक्षण बन्द गर्ने घोषणा गरेका थिए।

तर, नेता किमको नेतृत्वले मुलुककै शक्तिशाली आणविक परीक्षण गर्नुका साथै अमेरिकी भूमिमा समेत मार हान्न सक्ने उच्च क्षमताका क्षेप्यास्त्र परीक्षण गरेकाे थियाे।‍

यसपटक रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा रुसको पूर्वी क्षेत्र भ्लादिभोस्तक आउँदै छन्।

सन् २०१८ को मार्च महिनादेखि हालसम्म उत्तरी कोरियाली नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चार पटक, दक्षिण कोरियाका राष्ट्रपति मून जाय–इनसँग तीन पटक, अमेरिकी राष्ट्रपति ट्रम्पसँग दुई पटक र भियतनामका राष्ट्रपतिसँग एक पटक भेटवार्ता गरेका छन्।

उत्तर काेरियाली आणविक कार्यक्रमबारे सन् २००३ देखि नै विभिन्न देशहरुले समन्वय तथा सहमतिकाे प्रयास गर्दै आएका थिए। यसमा अमेरिका, चीन, रुस, जापान, दक्षिण काेरिया लगायतका देश छन्। सामूहिक तथा एक्लाएक्लै गरी धेरै पटक वार्ता भएपनि त्यसले अझै पूर्णता पाउन सकेकाे छैन।

उत्तर काेरियाली अन्तर्राष्ट्रिय समुदायकाे आग्रहबमाेजिम आणविक कार्यक्रम बन्द नगरेपछि अहिले उत्तर काेरिया माथि नाकाबन्दि लगाइएकाे छ। एक वर्षभन्दा बढी समय देखि लाग्दै आएकाे नाकाबन्दीले काेरियाकाे आर्थिक तथा सामाजिक जीवनमा प्रभाव परिरहेकाे छ। त्यसकारण पनि नेता किमले आफ्नाे अग्रसरता बढाएका छन्। यद्यपि हालसम्म यस विषयमा निष्कर्षमा पुगेनेगरि छलफल हुन सकेकाे छैन।

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ
सम्बन्धित सामग्री
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्