काठमाडौं- फिल्म ‘प्रेमगीत’को तेस्रो सिक्वेल ‘प्रेम गीत-३’ निर्माण हुने भएको छ।
फिल्म निर्माण युनिटले छायांकन अगावै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो। फिल्म छायांकनका लागि फ्लोरमा नगई निर्माण युनिटले फस्ट लुक र प्रदर्शन मिति घोषणा गरेको हो।
फिल्म यसै वर्षको चैत २८ गते प्रदर्शनमा आउने छ।
फिल्मको पोस्टरमा एक अपिरिचित पात्रलाई हातहतियारसहित प्रस्तुत गरिएको छ।
पोष्टरमा देखाइएको पात्रको प्रकृति ऐतिहासिक प्रेमकथा र बदलामा आधारित रहेको संकेत बुझ्न सकिन्छ।
फिल्मलाई छेतेन गुरुङ र निर्माता सन्तोस सेनले निर्देशन गर्ने छन्। फिल्मलाई निर्देशक गुरुङ आफैले लेखेका हुन्।
‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत–२’ र ‘मेरी मामु’ गरी ४ वटा फिल्म निर्माण गरिसकेका सेनको यो पाँचौ फिल्म हो। निर्माण युनिटले फिल्मको फस्ट लुक तथा सार्वजनिक मिति तय गर्दा समेत पनि कलाकारहरुका बारेमा भने केही कुरा खुलाएका छैनन्।
यसअघिका २ वटा सिरिजमा देखिएका अभिनेता प्रदीप खड्का फिल्ममा रहने छन् या रहने छैनन् त्यो पनि दर्शकका लागि पर्खाइको विषय बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।