• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जथाभावी शुल्क असुल्छन् निजी स्कुल, अन्योलमा संस्थागत विद्यालय वर्गीकरण

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १३, २०७६  १५:०५
1140x725

धनगढी- कैलाली जिल्लामा सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूको वर्गीकरण हुन सकेको छैन। २०७४ साल वैशाख २५ गते संस्थागत विद्यालयको एक महिनाभित्र वर्गीकरण गरिसक्ने साविकको जिल्ला शिक्षा कार्यालयले निर्णय गरेको थियो। सरोकारवालाहरूको संयूक्त बैठकबाट जारी भएको सो निर्णय २ वर्ष पुग्नै लाग्दा समेत कार्यान्वयनमा आउन सकेको छैन।

तत्कालीन जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टको अध्यक्षतामा बसेको बैठकमा निजी विद्यालयको शुल्कसमेत निर्धारण गरिएको थियो। सो बैठकले प्राथमिक तह अर्थात् कक्षा १ देखि ५ सम्मका लागि १ हजार २ सय, निम्न माध्यामिक तह (कक्षा ६ देखि कक्षा ८ सम्म) मा १ हजार ६ सय र माध्यामिक तह (कक्षा ९ र १०) मा बढीमा १ हजार ९ सय रुपैयाँ शिक्षण शुल्क निर्धारण गरेको थियो।

साविकको जिल्ला शिक्षा कार्यालयले निर्धारण गरेको सो शुल्क अहिले संस्थागत विद्यालयहरूले पालना नगरेको विद्यार्थी संगठनहरूको गुनासो छ। नेपाल विद्यार्थी संघ कैलालीका कार्यबाहक अध्यक्ष भेष बमले भने, 'अहिले निजी विद्यालयहरूले मनोमानी ढंगले शुल्क असुली रहेका छन्। उनका अनुसार १ हजारदेखि बढीमा २ हजार रुपैयाँ शुल्क निर्धारण भएकोमा अहिले निजी विद्यालयहरूले मनपरी रकम असुल गरिरहेका छन्।

अनेरास्ववियू तथा कैलाली बहुमुखी क्याम्पसका स्ववियू अध्यक्ष चुडामणि भट्टले निजी विद्यालयहरुले एउटा सहमति गर्ने तर, व्यवहारमा अर्कै लागू गर्ने गरेको गुनासो गरे। निजी विद्यालयको चर्को शुल्कका कारण अभिभावकहरू मारमा पर्ने गरेको उनले बताए। 'विद्यालयको शैक्षिक शुल्क निर्धारण गरेर मात्र हुँदैन, त्यसको व्यवहारमा कार्यान्वयन भए नभएकोबारे प्रभावकारी अनुगमन हुनुपर्छ,' उनले भने। 
 
अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष डम्बर भट्टराईले तोकिएको शुल्क भन्दा बढी रकम लिने विद्यालयलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। विद्यालयको वर्गीकरण पनि जतिसक्यो चाँडो गर्न धनगढी उपमहानगरपालिकासंग माग गरे। उनले भने, 'निजी विद्यालयहरूले निर्देशिकाको पालना नै गरेका छैनन्।'

विद्यार्थी संगठन र विद्यालय संचालकबीच विवाद
मंगलबार धनगढी उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई २०७४ सालमा निर्धारण गरिएको शुल्कलाई यथावत राख्ने निर्णय गर्‍यो। 

विद्यार्थी संगठन र निजी विद्यालय सञ्चालकहरूले फरक–फरक शुल्कको दाबी गरेरहे। विद्यार्थी संगठनहरूले २०७४ साल साउन २५ गते निर्धारण गरिएको शुल्क नै लागू गर्नुपर्ने माग गरे भने निजी विद्यालयका सञ्चालकहरूले २०७४ साल बैशाख २० गते निर्धारण गरिएको शुल्क लागू हुनु पर्ने माग गरे।

२०७४ बैशाख २० गते जिल्ला शिक्षा कार्यालय र निजी विद्यालय सञ्चालकहरुबीच प्राथमिक तहमा वर्गीकरण अनुसार सर्वोत्कृष्ट विद्यालयले १ हजार ४ सय ४०, निम्न माध्यामिक तहमा १ हजार ९ सय ५० र माध्यमिक तहसम्ममा २ हजार ४ सय ५० रुपैयाँ मासिक शुल्क निर्धारण गरिएको थियो।

अभिभावकहरूको ढाड सेक्ने गरी शिक्षा कार्यालय र निजी विद्यालयबीच भएको निर्णयको विरोध गर्दै संयूक्त विद्यार्थी संगठनले आन्दोलन गरेपछि २५ गते बसेको बैठकले १ हजार २ सय, निम्न माध्यामिक तह (कक्षा ६ देखि ८ सम्म) मा १ हजार ६ सय र माध्यामिक तह (कक्षा ९ र १०) मा बढीमा १ हजार ९ सय रुपैयाँ शैक्षिक शुल्क निर्धारण गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष भट्टराईले सो समयमा भएको निर्णयको प्रति सुनाउँदै गर्दा संस्थागत तथा निजी आवसिय विद्यालय (प्याब्सन) का नगर अध्यक्ष पदम साउदले त्यो कुरा पुरानो भएको दाबी गरे। 'यो त पुरानो निर्णय हो। त्यसपछि अर्को बैठक बसेर नयाँ शुल्क निर्धारण गरिएको हो,' उनको दाबी छ। त्यसपछि अखिल क्रान्तिकारीका अध्यक्ष भट्टराइले सो बेला भएको निर्णय, उपस्थित सबैका नामसहित पढेर सुनाएका थिए।

धनगढी उपमहानगर भन्छ- निर्णय झिकाएर लागू गर्छौं
विद्यार्थी संगठन र विद्यालय सञ्चालकबीच विवाद भएपछि धनगढी उपमहानगरपालिकाले साविकको जिल्ला शिक्षा कार्यालयले गरेको निर्णय झिकाएर कार्यान्वयन गर्ने बताएको छ। 

संस्थागत विद्यालयको शुल्कका सन्दर्भमा ‘जिल्ला शिक्षा कार्यालयले गरेको निर्णय अध्ययन गर्ने र सो अनुसार भए गरेको निरीक्षण अनुगमन गरिने’ उल्लेख छ।

मन्टेस्वरी व्यवस्थित गरिने
धनगढी उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका मन्टेस्वरी विद्यालयलाई व्यवस्थित गर्ने निर्णय गरिएको छ।

Xtrem

Xtrem

मन्टेस्वरी स्कुलले कक्षाको शुल्क तथा अन्य व्यवस्थापन कमजोरी भएको गुनासो आएपछि व्यवस्थित गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको धनगढी उपमहानगरपालिकाका शिक्षा शाखा संयोजक वीरबहादुर नेपालीले बताए।

'उपमहागनरपालिकाले मन्टेस्वरीको स्थलगत अध्ययन गरी प्रतिवेदन बनाउने र सोका आधारमा कार्यविधि, निर्देशिका निर्माण गरी अघि बढ्ने छ,' उनले भने। 

अखिल क्रान्तिकारीका अध्यक्ष भट्टराइले मन्टेस्वरी विद्यालयले कक्षा ५ सम्मलाई पनि मन्टेस्वरी कक्षा भन्दै शुल्क असुली रहेका छन्। उनले प्रश्न गरे, 'मन्टेस्वरी कतिसम्मको कक्षालाई भन्ने हो? मन्टेस्वरीले कक्षा ४ सञ्चालन गरी रहँदा सरकारले निर्धारण गरेको शुल्क लागु गर्नुपर्दैन?' उनले मन्टेस्वरीका नाममा अभिभावकबाट मनोमानी रकम असुली भइरहेको बताए। 'कसैले मन्टेस्वरी कक्षा भनेर मासिक शुल्क चार हजार पाँच सय रुपैया लिएका छन् भने कसैले मासिक शुल्क २० हजार रुपैयाँसम्म। अब यसको नियमन कसले र कसरी गर्ने?,' उनको प्रश्न थियो।

बालबाटिका मन्टेस्वरी विद्यालयकी सञ्चालक सृष्टि मल्लले सबै विद्यालयलाई एकै दृष्टिकोणले नहेर्न आग्रह गरिन् । ‘हामीले प्रदान गरेको सेवाका आधारमा शुल्क लिएका छौं । सेवामा कुनै कमजोरी छ भने अनुगमन गरेर कारबाही गर्नुहोस्’ उनले भनिन्– मन्टेस्वरीमा बालबालिकालाई खाजा, खाना, स्याहार सुसार गर्नमा बढी खर्च छ। जुन संस्थागत विद्यालयमा छैन । अनि हामीलाई संस्थागत विद्यालयसंगै कसरी जोड्नु हुन्छ।’

शिक्षा ऐनविपरीतका विद्यालयलाई कारबाही गरिने
धनगढी उपमहानगरपालिकाले नगरभित्र शिक्षा ऐन विपरीत रहेका विद्यालयलाई कारबाही गरिने निर्णय गरेको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको अध्यक्षतामा बसेको बैठकले नगरभित्रका संस्थागत विद्यालयको अनुगमन गर्ने र निर्देशिकाको पालना नगरी सञ्चालनमा रहेका विद्यालयहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।

यसअघि पनि २०७४ साल बैशाखमा जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा बसेको बैठकले सोही निर्णय गरेको थियो। धनगढीदेखि लम्कीसम्मका निजी विद्यालयको अनुगमन गर्दा झन्डै ९ वटा विद्यालयहरू निर्देशिका अनुसार नचलेको पाइएपछि तालाबन्दी गरिएको थियो। तर, पछि लगाइएको ताला पुनः खुल्यो र विद्यालयहरूले अहिले अध्यापन जारी राखेका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्