काठमाडौं- काठमाडौंमा ‘आन्तरिक पर्यटन मेला’ आयोजना हुने भएको छ।
गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही बैशाख १३ र १४ गते भृकुटीमण्डपमा सो मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो।
‘नेपाल भ्रमण वर्ष-२०२०’लाई सफल बनाउने उद्देश्यका साथ आन्तरिक पर्यटक प्रवर्द्धनका लागि सो मेला आयोजना गर्न लागिएको मेला आयोजक समितिका संयोजक माधवप्रकाश सुवेदीले जानकारी दिए।
‘पहिला देश अनि विदेश’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो मेलामा सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी १ सय ११ वटा व्यवसायिक तथा फुड स्टलहरु रहनेछन्।
मेलामा पर्यटन क्षेत्रका सेवा प्रदायक संस्थाहरु ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, होमस्टे, टुरिजमसँग सम्बन्धित कलेजलगायतका प्रर्दशनीहरु मुख्य आकर्षणको रुपमा रहनेछन्।
२ दिनसम्म चल्ने मेलामा २ लाख बढीले अवलोकन गर्ने तथा पर्यटन प्रवर्द्धनको क्षेत्रमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।