काठमाडौं– हिमालयन शेर्पा क्लब चन्द्रागिरी गोल्डकपको उपाधि नजिक पुगेको छ। आइतबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै शेर्पाले फाइनलमा स्थान बनायो।
उपाधिका लागि शेर्पाले मंगलबार फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ। फ्रेन्ड्सले संकटा क्लबलाई हराएर फाइनलमा स्थान बनाएको थियो।
शेर्पालाई फाइनलमा पुर्याउन त्रिदेव गुरुङले निर्णायक गोल गरे। उनले खेलको ५६ मिनेटमा गोल गरेका थिए। गोलकिपर अर्पण कार्कीको लामो पासमा गुरुङले गोल गरेका हुन्। गुरुङले आर्मीका गोलकिपर र डिफेन्डरबीच तालमेल नमिलेको फाइदा उठाएर गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।