• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपाको जिल्ला नेतृत्व छनोटप्रति तीव्र असन्तुष्टि, सिफारिस बाहेककालाई जिम्मेवारी

अधिकांश स्थानमा एक व्यक्ति दुई पद, निर्णय सच्चाउन माग  
64x64
नेपाल लाइभ बुधबार, वैशाख ११, २०७६  ०८:३२
1140x725

जिल्ला नेतृत्व चयनसँगै गरिएकाे नेकपा एकता घाेषणा कार्यक्रम।


भैरहवा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला नेतृत्व चयनबारे तीव्र असन्तुष्टि बाहिर आएको छ। एउटै व्यक्तिलाई दुई पद तथा कतिपयको पद घटुवा गरेको भन्दै केन्द्रीय नेतृत्वप्रति तीव्र आलोचना तथा असन्तुष्टि पोखिएकाे हाे।

केन्द्रीय नेतृत्वले लामो समयदेखि निचाेडमा पुग्न नसकेकाे जिल्लास्थित अध्यक्ष र सचिवको टुङगो लगाएको थियो। प्रदेश ५ मा मनोनित अध्यक्ष र सचिव अधिकांश प्रदेश र स्थानीय तहमा जिम्मेवार पदमा रहेका व्यक्ति छन्।

नेकपाभित्र 'एक व्यक्ति एक पद'को चर्चा चलेपनि उक्त चर्चालाई लत्याउँदै प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष/उपाध्यक्षलाई दोहोरो जिम्मेवारी दिइएको छ। साविकको लुम्बिनी अञ्चलका जिल्लाका रुपमा रहेका रुपन्देही र अर्घाखाँचीमा स्थानीय र प्रदेशसभामा निर्वाचित व्यक्ति नै अध्यक्ष र सचिवमा मनोनित भएका छन्।

रुपन्देहीको अध्यक्षमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र सचिवमा प्रदेश सांसद दधिराम न्यौपाने मनोनित भएका छन्। अध्यक्ष पूर्व एमाले हुन् भने सचिव पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। हाल न्यौपाने नेकपाको केन्द्रीय सदस्य तथा सुवेदी नेकपाको प्रदेश सदस्य थिए।

अर्घाखाँचीमा पूर्व एमालेबाट प्रदेश सांसद चेतनारायण आचार्य अध्यक्ष बनेका छन् भने पूर्व माओवादी केन्द्रबाट सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर बिक सचिव बनेका छन्।

गुल्मीमा छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्त नै जिल्लाकाे पनि अध्यक्ष बनेका छन्। उनी पूर्व एमालेका जिल्ला अध्यक्षसमेत रहिसकेका व्यक्ति हुन्।

पाल्पामा पूर्व एमालेबाट नारायण आचार्य अध्यक्ष भएका छन्। उनी प्रदेश सांसद हुन्। नतृत्वले जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगाएसँगै साविक लुम्बिनी अञ्चलमा नेतृत्वप्रति तीव्र असन्तुष्टि देखिएको हाे।

Ncell 2
Ncell 2
nimb
nimb

घटुवामा परेको भन्दै पदत्याग

केहीले पद तथा जिम्मेवारीमा घटुवा हुनुपरेकोमा आक्रोश व्यक्त गरेका छन् भने कोहीले सँधै एउटै व्यक्तिलाई मात्र नेतृत्व गर्ने अवसर दिइएको भन्दै असन्तुष्टि जनाएका छन्। सिफारिस गरेर पठाइएका नामभन्दा अन्य व्यक्ति नै नेतृत्वमा आएपछि जिल्लाका कतिपय नेताले अचम्ममा परेकाे समेत प्रतिक्रिया दिएका छन्।

रुपन्देहीका सचिव चयन भएका दधिराम न्यौपानेले आफूलाई सचिव पद स्वीकार्य नभएको बताए। तत्कालीन माओवादीको पोलिटब्युरो, केन्द्रीय सदस्य र रुपन्देही इन्चार्ज समेत भइसकेका व्यक्तिलाई पद घटाएर सचिव बनाएको भन्दै उनले पदत्याग गरेकाे जना‍एका छन्। उनले 'एक व्यक्ति एक पद'काे अवधारणालाई मुर्त रुप दिन पनि आफू पदमा नरहेकाे जिकिर गरे। 'एक व्यक्ति धेरै पदमा रहँदा अन्यलाई जिम्मेवारी मिल्दैन, त्यसकारण पनि सचिव पदमा नरहने गरी केन्द्रीय नेतृत्वलाई पत्राचार गरेकाे हुँ', न्याैपानेले भने।

सिफारिस बाहेककालाई जिम्मेवारी

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रुपन्देहीमा अध्यक्षको लागि गोपाल भट्टराई र नारायण जिसीको नाम सिफारिस भएको थियो। तर, हाल रुपन्देहीको अध्यक्षको जिम्मेवारी बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई दिइएको छ। अध्यक्षमा सिफारिस नेता भट्टराईले पार्टीले नीतिगत रुपमा गलत निर्णय गरेको प्रतिक्रिया दिए। उनले घुमाउरो पारामा पार्टीकाे शीर्ष नेतृत्वकाे निर्णयप्रति असन्तुष्टिसमेत जनाए।

‘पद नभएकालाई पद छैन। पदमा रहेकालाई थपेर दिइयो। पार्टीले के आधारमा छनाेट गर्‍यो, म त अचम्ममा परे,’ उनले भने। भट्टराई २०२५ सालदेखि पार्टीमा क्रियाशिल रहेर काम गदै आएका व्यक्ति हुन्।

नवलपरासी पश्चिममा जिल्ला अध्यक्षमा भविश्वर तिवारी र सचिवमा तुलसी पासी जिम्मेवारी दिइएको छ। तिवारी पूर्व माओवादी र पासी पूर्व एमालेका नेता हुन्। नवलपरासीमा दिइएकाे जिम्मेवारीलाइृ लिएर समेत असन्तुष्टि देखिएको छ।

पूर्व एमाले सचिव र संगठन विभाग प्रमुख भएका थानप्रसाद गैरेले पार्टीले आफूखुसी निर्णय गर्दा पार्टीमा लामो समय योगदान गरेको नेताहरूलाई पछाडि धकेलिएको जिकिर गरे। पार्टीले सच्चा नेताहरूको कदर नगरेको उनको आरोप छ।

पश्चिम नवलपरासीमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष घनश्याम यादव सर्वसम्मत अध्यक्ष हुनेमा अधिकांश नेकपाका कार्यकर्ता विश्वस्त थिए। यादवलाई अध्यक्ष र तत्कालीन गैरेको नाम जिल्ला सचिवमा सिफारिस गरिएको थियो।

पाल्पामा पनि सिफारिस गरिएकाभन्दा अन्य व्यक्तिहरू नै अध्यक्ष र सचिवमा नियुक्त भएका छन्। जिल्लाबाट राधाकृष्ण कँडेल र राजेन्द्र विश्वकर्माको नाम सिफारिस गरेर पठाइएको थियो। तर, अध्यक्षमा नारायण आचार्य र सचिवमा गिरबहादुर थापाको नाम सिफारिस भएर आएपछि नेता कार्यकर्ताहरु असन्तुष्ट बनेका हुन्। आचार्य प्रदेशसभा सदस्य हुन्। पूर्व उपाध्यक्ष मोहन थापाले आफू अध्यक्ष हुन पाउनुपर्ने भन्दै यस अगाडि नै विज्ञप्ति जारी समेत गरेका थिए।

३३ वर्षदेखि जनप्रतिनिधि भएका व्यक्ति नै अध्यक्ष

गुल्मीमा ३३ वर्षदेखि जनप्रतिनिधि भएका व्यक्ति नै जिल्ला अध्यक्ष नियुक्त भएका छन्। मधुकृष्ण पन्त २०४३ सालदेखि तत्कालीन एमालेको जनप्रतिनिधि रहँदै आएका व्यक्ति हुन्। उनी अहिले छात्रकोट गाउँपालिकाको प्रमुखसमेत हुुन्।

पन्तले भने, ‘सिफारिस गरेका व्यक्तिलाई भन्दा मलाई अध्यक्षको जिम्मेवारी दिइएछ। हामी पार्टी कार्यकताहरू यसमा सन्तुष्ट हुनुपर्छ।’ गुल्मीबाट अध्यक्षमा बालसिंह काउचा र सचिवमा बुद्धि जिसीलाई सिफारिस गरेर पठाएको थियो।

अर्घाखाँचीकोमा चेतनारायण आचार्यलाई अध्यक्ष बनाइएको छ। उनी पनि प्रदेशसभा सदस्य हुन्। सन्धीखर्क नगरपालिकाका उपप्रमुख ठाकुर विक सचिवमा चयन भएका छन्।

यसरी हेर्दा एउटै व्यक्तिलाई दोहोरो पद दिएको र पहिलाको पद भन्दा घटुवा गरिएकाले पनि नेता तथा कार्यकर्तामा तीव्र असन्तुष्टि उत्पन्न भएको देखिएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्