• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रदेश सरकारको कार्यक्रममा नेकपा नेताको रजाईं!

64x64
दीपक घिमिरे मंगलबार, वैशाख १०, २०७६  २१:१८
1140x725

बुटवल- भौतिक पूर्वाधार तथा विकास मन्त्रालय अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालयको आयोजनामा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा सडक स्तरोन्नतिका लागि शिलान्यास गर्ने औपचारिक कार्यक्रम सुरु भइसकेको थियो। मंगलबार दिउँसो कार्यक्रम सम्पन्न भएको थियो।

नेकपा नेताले नै कार्यक्रम सञ्चालन गर्ने र मर्यादाक्रम मिचेर अतिथिहरूको आसन ग्रहणसम्मका काम गरी नेकपा नेताले प्रदेश सरकारको कार्यक्रममा रजाईं गरेको आरोप लागेको छ। प्रतिपक्षी दल र सत्ताधारी दलकै केही सांसद् तथा नेता पनि आक्रोशित बनेका छन्। 

मन्त्रालयको कार्यक्रम भएपनि कार्यक्रमको सञ्चालन गर्न नेकपाका प्रदेश कमिटी सदस्य बाबुलाल यादव पुगे। उनले कार्यक्रममा आसन ग्रहण हुँदै कार्यक्रम अघि बढाए। 

सुरुमा कार्यक्रममा अध्यक्षको रुपमा मर्चवारी गाँउपालिकाका अध्यक्ष केशवनन्द बनियाँलाई बोलाए। त्यसपछि प्रमुख अतिथिको रूपमा प्रदेश ५ का मुख्यमन्त्री शकंर पोखरेललाई आसन ग्रहण गराए। मुख्यमन्त्री पोखरेलले आसन ग्रहण गरेपछि पालो आयो विशिष्ट अतिथिको आसन ग्रहण गराउने।
 
प्रदेश पर्यटन मन्त्री लीला गिरीलाई कार्यक्रमको विशिष्ट अतिथिका रुपमा मञ्चमा बोलाइयो। सो कार्यक्रममा रुपन्देही-४ बाट निर्वाचित संघीय सांसद प्रमोद यादव पनि कार्यक्रममा सहभागी थिए।

मर्यादाक्रमअनुसार प्रदेशमन्त्रीभन्दा संघीय सांसद् माथि हुने प्रावधान छ। मर्यादाक्रम विपरीत प्रदेशमन्त्री गिरीलाई विशिष्ट अतिथि बनाइएपनि मन्त्री गिरी भने कार्यक्रममा सहभागी नै नभई तत्काल फर्किए। 

आसन ग्रहण गराउने क्रममा सञ्चालक यादवले प्रदेशमन्त्री र प्रदेश सासंदपछि संघीय सांसदलाई बोलाए। संघीय सांसद सुजिता शाक्यलाई पनि प्रदेश सांसदभन्दा पछाडि मञ्चमा बोलाइएपछि नेकपाकै नेता ओमप्रकास यादव गुल्जारी तत्काल रुष्ट भए। तर, पनि कार्यक्रम सञ्चालकले मर्यादाक्रम सुधार गर्न चाहेनन्। 

०००

कार्यक्रममा बोल्नेको लिस्ट लामै थियो। शुरुमै संघीय सांसद प्रमोदकुमार यादवलाई कार्यक्रममा बोल्न बोलाइयो। सांसद यादव नेपाली कांग्रेसबाट निर्वाचित हुन्। उनी कार्यक्रम भएको क्षेत्रबाटै निर्वाचित सांसद पनि हुन्। 

Ncell 2
Ncell 2

सांसद यादव बोलेर गएपछि कार्यक्रम संचालक बाबुलाल यादवले गाउँपालिका अध्यक्षलाई कार्यक्रममा सम्बोधन गर्न बोलाए। कोटहीमाई गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवले भाषण गरेपछि पुनः प्रदेश सांसद अष्टभुजा पाठकलाई कार्यक्रममा भाषण गर्ने निम्तो दिइयो। 

संघीय सांसदलाई गाउँपालिका अध्यक्ष अगाडि र आफूलाई पछाडि बोलाएपछि प्रदेशसभा सदस्य अष्टभुजा पाठक रुष्ट भए। उनले भाषण गर्ने क्रममा मर्यादाक्रममा गम्भीर त्रुटी भएको र प्रदेश सरकारको कार्यक्रममा नेकपाको रजाई भएको भन्दै आक्रोशित बने। 

पाठक पनि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद हुन्। उनी कांग्रेसबाट निर्वाचित भएका थिए। 

त्यत्तिमात्रै होइन मञ्चमा बोल्ने क्रममा पनि नेता यादवले नेकपाको कार्यक्रमजस्तै गरी सञ्चालन गरिरहे। नेकपाको कार्यक्रमको छनक दिने गरी मर्चवारको विकास नेकपाले मात्र गर्न सक्ने भन्दै भाषण गरे। 

भौतिक पूर्वाधार मन्त्रालयको कार्यक्रममा सिनियर डिभिजन इन्जिनियर ललित न्यौपानेबाहेक अरुको उपस्थिति देखिएन। चार वटा गाउँपालिका पर्ने मर्चवारमा २ वटा गाउँपालिकाका अध्यक्ष अनुपस्थित थिए। 

प्रदेश सरकारको कार्यक्रमलाई नेकपाको जस्तै कार्यक्रम बनाएकोमा थुप्रै असन्तुष्ट थिए। मञ्चमा बसेका नेकपाका अन्य सांसद्लाई पनि उक्त कुरा चिक्त बुझेको थिएन। पटकपटक मर्यादाक्रम बिगारेपछि नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले कार्यक्रम संचालकलाई सच्याउन आग्रह गरेका थिए। 

यता संघीय सांसद प्रमोद यादवले प्रदेशको कार्यक्रममा नेकपाको रजाईं हुनु प्रदेश सरकारको कमजोरी भएको बताए। उनले यस्तो गल्ती अर्को पटक नदोहोर्याउन आग्रह पनि गरे। 

सडक स्तरोन्नतिको शिलान्यास 
रुपन्देहीको मर्चवार प्रवेश गर्ने सडकको स्तरोन्नतिको मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरेका छन्। भौतिक पूर्वाधार तथा विकास मन्त्रालय अन्तर्गतको भौतिक पुर्वाधार विकास कार्यालयले सडक स्तरोन्नति गर्न लागेको हो। 

प्रदेश ५ सरकारले छुट्टाएको ५ करोड रकम अन्तर्गत भैरहवा लुम्बिनी सडकखण्डको हाटिवनगाईंदेखि समेरा खईराघाटसम्मको १९ किलोमिटर मध्ये पहिलो चरणमा ६ किलोमिटर सडकको स्तरोन्नति गर्न लागिएको हो। कार्यालयका सिनियर डिभिजन ईन्जीनियर ललित न्यौपानेले मायादेवि गाँउपालिकाको गरगट्टी चोकदेखि तुनिहवासम्म सडकको स्तरोन्नति गर्न थालिएको बताए। सडक डिबिएसटी प्रविधिमा निर्माण हुनेछ। 

सडक स्तरोन्नतिका लागि टेन्डर आह्वान गरिएको छ। ३ करोड ६१ लाख २५ हजारमा टेन्डर परेको छ। सडक निर्माणको जिम्मा बाबुल निर्माण सेवाले पाएको छ। सडक साढे ६ मिटर चौडाईको हुने सडक ५ मिटरमा पिच र डेढ मिटरमा सव बेस हालिने कार्यालयका इन्जिनियर न्यौपानेले जानकारी दिए। 

मुख्यमन्त्री शंकर पोखरेलले सडकको बीचमा नरिवल फोडेर सडकको शिलन्यास गरेका हुन्। दशकौं वर्ष पुरानो सडकको स्तरोन्नति भएपछि मर्चवारका जनताले सुख पाउने मुख्यमन्त्री पाखरेलले जानकारी दिए। 

उनले सडकलाई गुणस्तरीय र समयमै सम्पन्न गर्नका लागि स्थानीय सरकार र मर्चवारवासीले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए। मुख्य मन्त्री पोखरेलले  प्रदेश सरकार मर्चवारको विकासका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमसहित सडक, यातायात, स्वास्थ्य, शिक्षा र नमूना कृषियोजनालगायतका पूर्वाधार निर्माणमा निरन्तर लागिरहने बताए। 

कार्यक्रममा प्रतिनिधिसभा सांसद प्रमोद यादवले पछाडि पारिएको मर्चवारको समग्र विकासप्रति संघीय सरकार, प्रदेश र स्थानीय सरकारको समनवयमा आयोजनाहरु अघि बढाउनुपर्ने बताएका थिए।

कार्यक्रममा पूर्वमन्त्री ओमप्रकाश यादव (गुल्जारी) प्रदेशसभा सदस्य अष्ठभुजा पाठक, कोटहीमाई गाँउपालिका अध्यक्ष चन्द्रभूषण यादव, मर्चवारीदेबी गाँउपालिका अध्यक्ष केशवनन्द बनियालगायतले बोल्दै मर्चवारको विकासमा जोड दिएका थिए।  

प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्