काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) विनाशकारी भूकम्पका ४ वर्षः २० प्रतिशत घर निर्माण सुरु नै भएनन्, ५० प्रतिशत पुनर्निर्माण सम्पन्न।
२) एनसेल लाभकर प्रकरणमा नयाँ रहस्य, ठूला करदाता कार्यालयले कम कर लिन नमानेपछि अदालतमा चुनौती।
३) सप्तरीमा पुस्तक व्यवसायीको सिन्डिकेट, संयुक्त लगानीमा सुरु भयो ‘पुस्तक महल’, लाइन लागेरै पुस्तक किन्नु पर्ने बाध्यता भएको अभिभावकको गुनासो।
४) इङलिस प्रिमियर लिगमा चेल्सी बर्नलीसँग बराबरीमै रोकियो, बराबरीसंगै चेल्सी शीर्ष चारमा, ३५ खेलबाट ६७ अंक जोड्यो।
५) र, श्रीलंकामा भएको आक्रमणमा इस्लामिक स्टेटको संलग्नता, आफ्नो समूहको समाचार एजेन्सीमार्फत विस्फोटको जिम्मा लियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।