डडेल्धुरा– डडेल्धुराको अजयमेरुमा जन्ती बोकेको जिप दुघर्टना हुँदा ९ जना घाइते भएका छन्।
महेन्द्रनगरबाट जन्ती बोकेर अजयमेरु गाउँपालिका–६ बलाना आइरहेको म१ज ६४४ नम्बरको बलेरो जिप बलना भन्ने स्थानमा मंगलबार बेलुकी ६ बजेतिर दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलाय डडेल्धुराले जनाएको छ। गम्भीर घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ बलनाका २० वर्षीया मदनराज पनेरु, सोही ठाउँका २५ वर्षीय सन्तोष पनेरु र कञ्चनपुरको बेतकोट नगरपालिका–१० का ३५ वर्षीय मदन कलौनी रहेको डडेल्धुराका प्रहरी नरिक्षक लक्ष्मण खड्काले जानकारी दिए।
अन्य घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ का २२ वर्षीय अशोक पनेरु, सोही ठाउँका २३ वर्षीय कृष्णदत्त पनेरु, ४५ वर्षीय रामत्तद जोशी, वर्षीय २५ सिद्धराज पनेरु, २१ वर्षीय मुकेश पनेरु र ४६ वर्षीय लक्ष्मीदत्त पनेरु रहेका छन्।
प्रहरीका अनुसार मोडमा जिप ब्याक गर्ने बेला सडकबाट करिब ५० मिटर कच्ची तल खसेको हो।
दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि अजयमेरु गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरास्थित डडेल्धुरा अस्पताल ल्याएइएको प्रहरीले जनाएको छ।
दुलहा दुहली भने अर्को गाडिमा सवार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।