• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बनारसको पशुपतिनाथ मन्दिर स्थानीय बाबाद्वारा कब्जा प्रयास, विवाद पुग्यो दूतावासम्म

64x64
नेपाल लाइभ शनिबार, वैशाख १४, २०७६  ०६:४१
1140x725

बनारस– बनारसमा रहेको करिब दुई सय वर्ष पुरानोे नेपाली पशुपतिनाथ मन्दिर स्थानीय बाबाले कानूनी रुपमा नै कब्जा गर्ने प्रयास गरेपछि विवाद दिल्लीस्थित नेपाली दूतावाससम्म पुगेको छ।

मन्दिरमा बस्दै आएका स्थानीय बाबा गुलाब यादवले मन्दिरको एक चौथाइ जायजेथा सहित कब्जा गर्न खोजेपछि विवाद उत्तर प्रदेश सरकार हुँदै नेपाली दूतावाससम्म पुगेको दूतावास कर्मचारीले बताएका छन्।

दूतावासका अनुसार विंस १८९८ मा ऐतिहासिक, पौराणिक तथा धार्मिक महत्वको ललिताघाटमा बनेको पशुपतिनाथ मन्दिर नेपाल सरकारको खर्च र व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ। 

बनारसका नेपालीले मात्र नभएर त्यहाँका स्थानीयले पनि पूजाआजा गर्दै आएका छन्। 

परम्परा अनुसार मन्दिरमा बस्ने बाबाका चेला उत्तराधिकारी हुने परम्परा छ। त्यसैअनुसार स्थानीय गुलाब यादवले मूल बाबाको निधनसँगै आफूलाई स्वघोषित बाबा दाबी गर्दै मन्दिरको एक चौथाइ स्थानका लागि कानूनी लडाइँमा उत्रिएका छन्। 

मन्दिर सहितको बहूमल्य सम्पत्तिमा उनले आँखा गाडेपछि विवाद सुरु भएको हो। 

साम्राज्यश्वर पशुपतिनाथ मन्दिर तथा धर्मशाला सञ्चालन समितिका ट्रष्टी टेकनारायण आचार्यले नेपालीको आस्था र विश्वासप्रति नै बाबाले खेलवाड गरेको बताए। 

आचार्यका अनुसार उनले मन्दिरको सम्पत्ति आफ्ना नाममा गरेर अतिक्रमण गर्न खोजेपछि विवाद सुरु भएको हो। प्रलोभनमा परेर स्थानीय राजनीतिक कार्यकर्ताले यादवलाई सर्मथन गरकोले स्थानीय स्तरमा विवाद मिलाउन कठिन भएकोले दूतावाससम्म पुग्नु परेको जानकारी गराए। 

Ncell 2
Ncell 2
nimb
nimb

हाल सम्पत्ति करोडौ रुपैयाँ बराबरको छ। त्यसैले नेपाल सरकारको सम्पत्ति भएकोले सरकारले ट्रष्टीहरुलाई साथ लिएर उपाय खोज्नुपर्ने उनको राय छ। 

दिल्लीस्थित दूतावासलाई समयमै जानकारी गराएको उनले बताए। आचार्यका अनुसार उक्त मुद्दा बनारस जिल्ला अदालतसम्म पुगेको भएपनि बाबा भनिएका स्थानीय यादवलाई पक्षपोषण हुनेगरी मुद्दा खारेज गरिदिएपछि दिल्लीस्थित दूतावाससम्म पुगेको जानकारी गराए।

राणा शासन अगावै विंस १८९८ मा मन्दिर नेपालका राजपरिवारले बनाएको उल्लेख छ। हालसम्म मन्दिरसँगै रहेको धर्मशाला सञ्चालन गर्न नेपालस्थित गुठी संस्थानबाट आशिंक खर्च आउने गरेको छ। 

दिल्लीस्थित दूतावासका सांस्कृतिक विभागका प्रमुख होम प्रसाद लुइँटेलले भारतमा रहे पनि सरकारी स्वामित्वको उक्त मन्दिर नेपाल सरकारको सम्पत्ति भएको बताए। 

Xtrem

Xtrem

मन्दिर ट्रष्टीसिप अन्र्तगत सञ्चालित छ, जहाँ १४ सदस्यीय ट्रष्टी रहने व्यवस्था छ। त्यसमध्ये दिल्लीस्थित दूतावासका नेपाली राजदुत पदेन सदस्य रहने व्यवस्था छ। अहिले मन्दिरमा अनावश्यक विवाद सिर्जना भएको उनले बताए। 

उनले भने, 'नेपाल सरकारको सम्पत्ति कसैले कब्जा गर्न खोज्नु गलत हो। त्यसविरुद्ध भारतीय कानुनअनुसार कानूनी उपचारसम्म खोज्न दूतावास क्रियाशील छ।’

कब्जा विवादका बारेमा उत्तर प्रदेश सरकार प्रमुख आदित्यनाथ समक्ष दूतावासका तर्फबाट जानकारी गराएको लुइँटेलले बताए। आदित्यनाथले बुझेर समाधान निकाल्ने वचन दिएका भएपनि ठोस परिणाम नआएको उनले बताए। 

कब्जा गर्ने विरुद्ध भारतको उच्च अदालत वा सर्वाेच्च अदालतसम्म जान सकिने उनले बताए। दूतावासका राजनैतिक कन्सुलर हरि ओडारीले मन्दिर पुरानो र ऐतिहासिक भएकोले पनि यसबार खोजी गरेर संरक्षण गर्न आवश्यक भएको बताए।

नेपाली पेगोडा शैलीमा बनेको मन्दिर बनारसको ललितघाट जस्तो पवित्र तीर्थस्लमा भएकोले पनि दूतावासले विशेष चासोका साथ हेरिरहेको उनको भनाइ छ। विवाद दिल्ली दूतावाससम्म आएपछि स्थलगत अवलोकनका लागि पुगेर पृष्ठभूमि अध्ययन गरेर फर्किएको उनले बताए। 

भारतमा निर्वाचनको समय भएकोले मुख्यमन्त्री योगीको व्यस्तताका कारण त्यस विवादको निर्णयात्मक छलफल गर्न नसकिएको उनले बताए।

निर्वाचन पश्चात् अदातलत जाने वा राज्य सरकार स्तरबाट समाधान खोज्ने भन्ने विषयका टुंगो लाग्ने उनले बताए। 

गंगाको कोरिडोर सफाइ अभियान र अधिकरण भइरहे पनि घाट नजिक रहेको मन्दिरलाई अहिलेसम्म भारत सरकारले संरक्षण गरिरहेको छ। अधिकरण गर्दा त्यस क्षेत्रमा भारत सरकारले पर्याप्त मुआब्जा दिएकोले पनि बाबा बस्दै आएको मन्दिरको एक चौथाइ हिस्सा दाबी गरेर कानुनी रुपमा हक कायम गर्न खोजेका हुन्। 

सन् १८५० मा एक वर्ष बेलायत भ्रमण पश्चात् प्रधानमन्त्री जंगबहादुर राणा गुजरातको द्धारका हुँदै बनारस आएर उक्त घाटमा केही दिन बसेका थिए। साथै उक्त मन्दिरको दर्शन गरी धार्मिक प्रक्रियाअनुसार समुद्र पारि पुगेर आएकोले मन्दिरमा पूजाआजा गरी चोखनिध (पतिता) गरेर मात्र जंग बहादुर नेपाल फर्किएको इतिहास छ। 

(सञ्जय पन्थीको सहयोगमा ) 

प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६  ०६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्