काठमाडौं– सयौंको ज्यान जानेगरी श्रीलंकामा भएको शृङ्खलाबद्ध बिस्फोटनको जिम्मा आतंकवादी समूह स्लामिक स्टेट(आइएस)ले लिएको छ।
समाचार संस्था रायेर्टसले समूहको समाचार संस्थालाई उल्लेख गर्दै उक्त घटनाको जिम्मा लिएको बताएको हो।
आइतबार देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटेलमा बिस्फोट हुँदा ३ सय १० जनाको मृत्यु भएको थियो भने ५ सयभन्दा बढी व्यक्ति घाइते भएका थिए।
मारिनेमा ३६ जना विदेशी नागरिक भएको बताइएको छ। शृङ्खलाबद्ध विस्फोटनपछि मंगलबार शोक मनाइँदैछ।
थप आक्रमण हुन नदिन तथा शंकास्पद व्यक्तिहरूमाथि छानबिन सुरु गर्न संकटकाल घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।