विराटनगर– तेह्रथुमको म्याङलुङ नगरपालिका–२ बिजुली अफिस टोलमा चट्याङ लागेर स्थानीय पदम बहादुर भुजेलको घरमा आगलागी भएको छ।
आगलागीमा साढे १८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।
सोमबार दिउँसो २ बजे चट्याङ खसेर भुजेलको घरमा आगो लागेको थियो।
आगलागीमा घर, लत्ताकपडा, भाँडावर्तन, ५ तोला सुनको गहना, १० तोला चाँदीको गहना, फर्निचर, ल्यापटप, क्यामेरासहित१८ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।