म्याड्रिड– स्पेनिस ला लिगामा साबिक विजेता रियल म्याड्रिड बराबरीमा रोकिएको छ। शनिबार भएको म्याड्रिड डर्बीमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले गोलरहित बराबरी खेलेर अंक बाडेका हुन्।
खेलमा दुवै टिमका स्टार खेलाडी चल्न सकेनन् । रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र करिम बेन्जिमाले कुनै अवसर निकाल्न सकेनन् । दुवैले पछिल्ला ८ खेलमा एकअर्कालाई पास उपलब्ध गराउन सकेका छैनन्।
एट्लेटिकोका एन्टोनी ग्रिजम्यान पनि चल्न सकेनन्। उनले पनि पछिल्ला ८ खेलमा गोल गर्न सकेका छैनन्।
यता बार्सिलोनाले भने लेगानेसलाई ३–० ले हरायो। बार्सिलोनाको जितमा लुइस सुआरेजले २८ र ६० मिनेटमा गोल गरे । पाउलिन्होले ९० मिनेटमा गोल गरेपछि बार्सिलोनाले ३–० को जित पक्का गरेको हो।
जितपछि बार्सिलोनाले लिगमा १२ खेलबाट ३४ अंक जोडेको छ। दोस्रो स्थानको भ्यालेन्सियाको २७ छ भने रियल म्याड्रिड २४ अंक जोडेर तेस्रो स्थानमा छ। एट्लेटिकोको पनि २४ अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।