म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले उत्कृष्ट लय कायमै राखेको छ। सिटीले शनिबार भएको खेलमा लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो। जितपछि सिटीले लिगमा ८ अंकको अग्रता बनाएको छ।
लेस्टर विरुद्धको खेलमा सिटीका ग्राबियल जेससले ४५ मिनेट तथा केभिन डे ब्रुइनले ४९ मिनेटमा गोल गरे।
खेलमा सिटीका चार खेलाडीले रेकर्ड बनाए। डे ब्रुइनले प्रिमियर लिगमा ५० गोलका लागि प्रत्यक्ष योगदान दिए। ब्रुइनले १६ गोल गर्दा ३४ इस्टिट गरेका छन् । ७६ प्रिमियर लिग खेल खेलेका ब्रुइन छिटो ५० गोलका लागि योगदान दिने पहिलो खेलाडी बने।
जेससले पछिल्ला २१ प्रियियर लिग खेल खेल्दै २० गोलका लागि प्रत्यक्ष योगदान दिए। उनले १५ गोल गर्दा ५ एसिस्ट गरे।
लिरोए सानेले पनि पनि १२ गोलमा प्रत्यक्ष योगदान दिइसकेका छन्। उनले ६ गोल र ६ एसिस्ट गरेका छन् ।
डेभिड सिल्भाले बढी एसिस्ट गर्ने रेकर्ड बनाए। उनले अहिलेसम्म ७२ एसिस्ट गरिसकेका छन्।
प्रिमियर लिगका अन्य खेलमा चेल्सीले वेस्ट ब्रुमिचलाई ४–० ले पराजित गरेको छ। चेल्सीको जितमा इडिन हजार्डले २ गोल गर्दा मोराटा र अलन्सोले १–१ गोल गरे।
म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडलाई ४–१ ले हरायो। युनाइटेडको जितमा मार्टियल, स्मलिङ, पाउनल पोग्वा र लुकाकुले गोल गरे।
लिगमा सिटीले ३४ अंक जोड्दा दोस्रो स्थानको युनाइटेडको २६ अंक छ । तेस्रो स्थानको चेल्सीको २५, चौथो स्थानको टोटनह्याम २३ र पाँचौ स्थानको लिभरपुलको २२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।