राजविराज– सप्तरीमा पिकअप भ्यानको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका–४ मा पश्चिम जाँदै गरेको को १च ८४०० नम्बरको पिकअपको ठक्करबाट पैदल यात्री ७० वर्षीया मखनिदेवी थरुनीको मृत्यु भएको हो।
पिकअपको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि रुपनी गाउँपालिका स्थित युनिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।