काठमाडाैं- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौलीमा आज माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा व्यास नगरपालिका–१०, परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग१य ४८५ नम्बरको माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग१३प ९१८१ नम्बरको स्कुटरलाई व्यास नगरपालिका–४, सहिदगेट नजिक ठक्कर दिएको थियो।
ठक्करबाट सख्त घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। माइक्रोसहित त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।